site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् ।  

एमाले केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले विभिन्न स्थानमा उम्मेदवारमाथि हमला गर्नेलाई कारबाही नभएको, एक रङमा मात्र निर्वाचन घोषणापत्र जारी गर्नुपर्नेमा नेपाली कांग्रेसले बहुरङमा घोषणापत्र प्रकाशन गरेको र सरकारले चार÷पाँच सय प्रहरी अधिकृतको सरुवा गर्नाले आचारसंहिताको गम्भीर उल्लंघन भएको बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

पूर्वप्रधानमन्त्री खनालले भने, “सरकारबाटै निर्वाचन प्रभावित पार्ने काम भइरहेको छ, यसको परिणाम नराम्रो हुन सक्नेछ । निर्वाचन आयोगले यस्ता काम तत्काल रोक्ने काम गरोस् ।” 

उनले वाम गठबन्धनले जितेमा मुलुकमा तानाशाही आउँछ भनिनु गलत भएको हो भन्दै नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल नै शुरुमा कांग्रेसमा आबद्ध भए पनि त्यो पार्टीमा अलोकतान्त्रिक व्यवहार देखेर उनले कम्युनिष्ट पार्टी खोलेको स्मरण गराए ।  

Global Ime bank

आफूहरु पूँजीवादी लोकतन्त्र नभई समाजवादी लोकतन्त्रका पक्षमा रहेको जनाउँदै नेता खनालले कम्युनिष्ट अधिनायकवादी हुन्छन् भन्ने कुरामा कुनै सत्यता नभएको जिकिर गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC