site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गौचनलाई गोली हान्दा लगाएकै टिसर्टसहित पक्राउ परे ‘सुटर’
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंमा करिब एक महिना अघि हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ‘सुटर’ सहित ५ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

उनको हत्यामा संलग्नताको आशंका गरिएका अन्य ८ जना भने फरार सूचीमा रहेका छन् । प्रहरीले ‘सुटर’राजिव स्याङ्तानसहित अन्य ५ जनालाई पक्राउ गरेको हो ।

गौचन हत्याको छानबिन गर्न बनेको समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ५ अभियुक्तलाई सार्वजनिक गर्दै मनोज पुन र समिरमान बस्नेतको समूहले नै गौचनको हत्या गरेको जानकारी दिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पक्राउ परेका स्याङतानले नै गौचनलाई गोली हानेका थिए । उनीसँगै मुकेशकुमार पाँडे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी र शिवजी महतोलाई प्रहरीले सार्वजनिक गरेको हो । 

उनीहरुको फरक–फरक भूमिका रहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार भारतीय नागरिक शिवजी महतोले भारतबाट हतियार ल्याउने, प्रकाश बुढाथोकीले आवश्यक सामग्रीको व्यवस्थापन गर्ने र मुकेशकुमार पाँडे र सन्तोष गुरुङले सवारी साधन चलाउने तथा अन्य सहयोग गर्नेगरी कामको विभाजन गरेको पत्रकार सम्मेलनमा छानविन समितिका संयोजक डीआईजी गणेश केसीले बताए । 

Global Ime bank

‘सुटर’ स्याङतानलाई अघिल्लोसाता नुवाकोटको ढिकुरेबाट पक्राउ गरिएको थियो भने बाँकीलाई उनकै बयानका आधारमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको पत्रकार सम्मेलनमा महानगरीय प्रहरी आयुक्त एआईजी जयबहादुर चन्दले बताए । 

उनकाअनुसार मनोज पुन र मुख्य आरोपी समिरमान लगायत आठ जना फरार छन् । फिरौती नै हत्याको मुख्य कारण रहेको प्रहरी निष्कर्ष रहेको छ । तर पनि अनुसन्धान जारी रहेकाले थप विवरण आउन सक्ने प्रहरीले जनाएको छ ।

असोज २३ गते दिउँसो २ बजेर ४५ मिनेटमा बानेश्वरमा रहेको घरबाट निस्केर बाहिर जाँदै गर्दा मोटरसाइकलमा आएका दुई व्यक्तिले गौचनलाई गोली हानी हत्या गरेका थिए ।
 

यी हुन् गौचन हत्यामा फरार रहेका व्यक्तिहरु

समिरमान सिंह बस्नेत 

मनोज पुन 

लोप्साङ 

गंगा लिङ्देन (लिम्बु) 

श्याम बहादुर गुम्बे

अम्बर बहादुर राना 

रोशन बुढाथोकी 

अजय थापा

रकम नदिएकै कारण गौचनको हत्या

घटनाको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा महानगरीय प्रहरी आयुक्त चन्दले घटनाको पछाडि आर्थिक पाटो लुकेको बताए । 

“मनोज पुनले केही रकम मागेको देखियो, नदिएपछि उनको योजनावद्ध तरिकाले हत्या गरेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको छ,” उनले भने,“हत्याको योजना एकमहिनादेखिनै बनेको रहेछ ।  हत्याकै लागि हतियार र सवारी साधन भारतबाट ल्याइएको देखिएको छ ।”

गौचन हत्याको छानबिन गर्न बनेको समितिका अनुसार हत्याको योजना एक महिना अगाडिदेखि नै बनेको थियो ।

त्यहीअनुसार उनलाई एक महिनादेखि नियमित निगरानी गर्दै आइएको थियो । हत्यामा नेपालीहरुको मोटरसाईकल प्रयोग गर्दा छिट्टै पत्ता लाग्ने भएका कारण साईन ब्राण्डको मोटरसाईकल पनि भारतबाटै चोरी गरि ल्याइएको प्रहरीले अनुसन्धानपछि जानकारी दिएको  छ ।

भारतीय नम्बर प्लेट फालेर नेपाली नम्बर प्लेट बा ३५ प २४६१ राखिएको थियो ।

त्यो मोटरसाईकल चोरीको भएका कारण शिवजी महतोले भारतको वेतियाबाट १८ हजारमा किनेर ल्याएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

महतोले नै  भारतको वेतियाबाटै ५५ हजार रुपैयाँमा पेस्तोल खरिद गरेको पनि प्रहरीले जानकारी दियो । हतियार र मोटरसाइकल तयार भएपछि गौचनको पिछा गरिएको थियो । 

गौचनलाई गोली प्रहार गरी भागेलगत्तै सुटर स्याङ्तानले बाटोमै हुलिया परिर्वतन गरेको सीसीटीभी फुटेजबाट खुलेको छ ।  उनले गोली हानी सिनामंगल क्षेत्रमा पुगेर टोपी बाटोमा फाले र केही पर गएपछि ज्याकेटसमेत फालेर नुवाकोटतिर हानिएका थिए ।

यी सबै कुरा प्रहरीले विभिन्न स्थानमा कैद भएका सीसीटीभीको फुटेज र उनीहरुको बयानबाट पुष्टी भएको जानकारी दिएको छ । “उनीहरु बच्न यतिसम्म गरेको देखियो,” समितिका संयोजक केसीले भने, “घटनालगत्तै सबैजना आ–आफ्नो बाटो लागे । अन्तमा सुटरले गोली हान्दा भित्र जुन टिसर्ट लगाएका थिए प्रहरीले पनि त्यही टिसर्ट लगाएकै अवस्थामा पक्राउ गर्यो ।”
 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC