site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

विराटनगर । उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले कार्यकारी प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीबाट मुलकको लोकतन्त्रमा विकृित ल्याउने बताएका छन् । 

नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुकमा विविध जनसंख्याको संरचना रहेकाले कार्यकारी पद्धतिबाट सबै जातजातिको प्रतिनिधित्व हुन नसक्ने धारणा व्यक्त गरे ।  कांग्रेसका नेता गच्छदारले देश संघीयतामा गइसकेको तथा सिंहदरबारको अधिकार निर्वाचित स्थानीय निकायमा आइसकेको अवस्थामा अब पुनः केन्द्रीकृत पद्धति ल्याउनु लोकतन्त्रलाई विवादमा ल्याउनु मात्र हो भने ।  

Prabhu Bank
Agni Group
NIC Asia

उनले सुनसरी, मोरङ र झापा जिल्ला मिलाएर एक अलग्गै प्रदेश निर्माण गर्ने विषय अहिले पनि जीवित छ भन्दै विराटनगर र इटहरी मिलाई बृहत् महानगर निर्माण गरी प्रदेशको राजधानी तोकिनुपर्ने औँल्याए ।  

उपप्रधानमन्त्री गच्छदारले नयाँ संविधानले नागरिकतासम्बन्धी समस्या धेरै हदसम्म समाधान गरेको छ भन्दै केही बाँकी रहेको समस्या अव बन्ने नयाँ सरकारले ऐनद्वारा समाधान गर्ने विश्वास व्यक्त गरे । 

Global Ime bank

उनले निर्वाचनको समयमा शान्ति सुरक्षा कायम गर्न सरकार कटिबद्ध रहेको बताउँदै केही दिन अगाडि उम्मेदवारमाथि आक्रमणको प्रयास हुनु केही छिटफुट घटना मात्र हो भने ।  

उनले भूकम्पीडितलाई जस्तै घरवारविहीन बाढीपीडितलाई पूर्वनिर्धारित कार्यक्रमअनुसार साधारण घरबार निर्माण गर्न सरकारले केही रकम किस्तामा वितरण गरेको जानकारी दिए । एक प्रश्नको जवाफमा नेता गच्छदारले लोकतन्त्रलाई बलियो बनाउन नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेस एकीकरण गरिएको बताउँदै यसमा तत्कालीन फोरमका सबै कार्यकर्ताको सहमति रहेको छ भने । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC