site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
विवेकशील साझाले इमान्दार र उर्जाशील उमेदवार उठाएको छ
Sarbottam CementSarbottam Cement

वैकल्पिक शक्तिको रुपमा उदाएको विवकेशील साझा पार्टीका नेताहरुले आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने र अर्को पटक बहुमतसहित देशको नेतृत्व गर्ने दाबी गर्दै आएका छन् ।

विवेकशील साझा पार्टीका सह-संयोजक रहेका उज्ज्वल थापाले प्रतिनिधिसभा सदस्यको लागि काठमाडौं क्षेत्र नम्बर पाँचबाट उमेदवारी दिएका छन् । उनको मुख्य प्रतिस्पर्धा हुनेछ नेकपा एमालेका इश्वर पोखरेल र नेपाली कांग्रेसका प्रकाशशरण महतसँग । यही सेरोफेरोमा पार्टीको चुनावी रणनीति र आगामी योजनाबारे थापासँग बाह्रखरीका शिवनारायण गिरीले गरेको कुराकानी:

केमा व्यस्त हुनुहुन्छ ?
मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यको लागि मैले पनि काठमाडौं क्षेत्र नम्बर ५ बाट उमेदवारी दिएकाले चुनाव प्रचार-प्रसारमा व्यस्त छु । 

Prabhu Bank
Agni Group
NIC Asia

तपाईंले सुरुमा विवेकशील नेपाली दल किन स्थापना गर्नुभयो ?
 यो देशको फोहोरी राजनीतिलाई सफा गर्न कोही जानुपर्छ भन्ने लाग्यो र यसलाई सफा गर्न नयाँ पुस्ता नै अगाडि बढ्नुपर्छ भन्ने सोचका साथ मेरो नेतृत्वमा विवेकशील नेपाली दलको स्थापना भयो । त्यो बेलामा हामीलाई कुन वाद कुन सिद्धान्त केही पनि थाहा थिएन । मैले राजनीति गर्छु भनेर आएको होइन, नेपालमा भएको समस्यालाई सल्भ गर्छु भनेर राजनीतिमा लागें । 

विवेकशील नेपाली दलले यो चार/पाँच वर्षको बीचमा के गर्‍यो ?
विवकेशील नेपाली दलले राजनीति भनेको एउटा समाजसेवा हो भन्ने कुरा अगाडि बढायो । जसले गर्दा विशेषगरी नयाँ पुस्ताले राजनीति भनेको फोहोरी खेल नभइ स्वच्छ रुपमा गर्ने मानव सेवा हो भन्ने बुझे । २०७२ सालमा गएको भूकम्पको बेलामा पनि हामीले धेरै मानवीय सेवा गर्‍यौं, भूकम्प गएको केही समयमा नै टिचिङ हस्पिटलमा गएर मानवीय सेवा गर्‍यौं ।

Global Ime bank

नेपालमै गरिखाने माहोल बनाउनुपर्छ भनेर हामीले उद्यमशिलतालाई विशेष फोकस गरेका छौं । हामीले गोलभेंडा उत्पादन ट्रेनिङदेखि आइटीको मेन्टरिङ दिँदै आएका छौं । सुरुवाती चरणमा केहीले वागमती सफाइ अभियानका साथै विभिन्न समाजसेवा गर्दै हिँड्ने भन्दै हामीलाई आइएनजिओको रुपमा पनि बुझे । हामीले दिएको ट्रेनिङबाट २ हजार बढीले गोडभेडा खेती गरेका छन् । कति नेपाली विदेशबाट फर्केर यही पेसा अङ्गालिरहेका छन् ।


साझा पार्टीसँग तपाईंहरुको एकता किन ?

हाम्रो सोच विचारहरु शतप्रतिशत मिल्छ मिल्दैन भन्दा पनि हाम्रो नियत सफा छ, यसकारण हाम्रा सोचहरु मिल्दै जान्छन् । नकारात्मक विचारधारीहरु नराम्रो काम गर्न भन्नेबित्तिकै गुटउपगुट बनाउनमा च्याम्पियन हुन्छन् । हामी सफा नियत भएकाहरु किन फरक-फरक ठाउँमा बस्ने भन्ने सोचका साथ साझासँग पार्टी एकता भयो । उहाँहरुको पनि नियत सफा भएकाले हामीले पार्टी एकता गरेका हौं ।

विवेकशील साझा पार्टी र नयाँ शक्ति पार्टीसँग एकताको सम्भवना कत्तिको छ ?

हामीले शक्तिमा पुग्नको लागि राजनीति गरेका होइनौं ।  नैतिक चरित्र र नियतमा हामी धेरै विश्वास गर्छौं । कोही शक्ति र स्वार्थको लागि अस्थिर रहन्छन् । त्यसले गर्दा जनतामा नकारात्मक छाप पर्छ । नियत सफा गरेर उहाँहरु आउनुभयो भने पार्टी एकताको लागि हामी तयार छौं ।

पार्टी एकता भएपछि विवेकशील साझाले के गर्‍यो ?
हाम्रो पार्टी एकता भएको चार/पाँच महिना पनि भएको छैन,  हाम्रो विभिन्न जिल्लामा भएका संगठनलाई र साथीहरुलाई एक ठाउँमा ल्याउने काम गर्‍यौं । त्यसलगत्तै मुलुक निर्वाचनमा होमियो र हामी पनि निर्वाचनको तयारीमा जुट्यौं । आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि विविध पृष्ठभूमि भएका १ सय ५८  इमान्दार र ऊर्जाशील उमेदवार उठाएका छौं । 

संगठन विस्तारमा कत्तिको चुनौती छ ?
सारा नेपालीले हामीलार्इ नजिकबाट हेरिरहनु भएको छ । उहाँहरुले यो निर्वाचनलाई सायद व्यारोमिटर बनाउनु भएको छ । यो निर्वाचनको नतिजाले हामीलाई धेरै फरक पार्छ । यो निर्वाचनबाट हाम्रो पार्टी राष्ट्रिय दल बन्यो भने पुराना राजनीतिक पार्टीदेखि वाक्क भएका धेरै नेपालीलाई विवेकशील साझा पार्टीमा हामफाल्न मन छ । अहिलेका अधिकांश नागरिकहरु पुराना पार्टीदेखि वाक्क छन् । संगठन विस्तारको चुनौतीको कुरा गर्दा १५ जिल्लामा संगठन पहिले नै थियो । पछिल्लो समय प्रदेश नम्बर ६ र ७ मा प्रदेश संयोजक टुङ्गो लगाएका छौं ।

काठमाडौं क्षेत्र नम्बर ५ बाट तपाईंको उमेदवारी किन ?
इतिहास रच्नको लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट मेरो उमेदवारी हो । काठमाडौं ५ भनेको विवेकशील नागरिकहरु बस्ने ठाउँ हो । यहाँ बस्ने नागरिकहरुले चाहिँ यो देशमा बेइमानले होइन, इमानदारहरुले पनि ठाउँ पाउन सक्छन् भन्ने उदाहरण दिन सक्छन् । मैले सुरुदेखि नै यही ठाउँबाट गरेको समाजसेवा र जनसमर्थन भएको हुनाले मैले यही क्षेत्रबाट उमेदवारी दिएको हुँ ।

म यहीं जन्मेँ, हुर्कें र अमेरिका गएर पढेर आएर पनि यही कर्मथलो बनाएर आइटी कम्पनी खोलेर पनि समाजसेवा गरेको भएकाले मैले यो नै निर्वाचन क्षेत्र रोजें ।

लोकतान्त्रिक र वाम गठबन्धनका उमेदवारहरुसँग कसरी चुनावी मैदानमा उत्रिनुहुन्छ ?
यो कुनै पार्टीको गठबन्धन होइन, सेटिङ हो । स्थानीय निर्वाचनमा कांग्रेस माओवादी र राप्रपा, एमालेले सेटिङ गरे, अहिले फेरि ठ्याक्कै एमाले र माओवादीबीच वाम गठबन्धन बनेपछि उल्टो भएको छ । उहाँहरुलाई परिआयो भने देशमा एउटै गठबन्धन पनि बन्नसक्छ । अहिले सत्ता पक्षमा देश लुट्नेहरु छन् प्रतिपक्षमा हामी जनता छौं, त्यसैले यो गठबन्धन कुनै सिद्धान्त विचारले बनेको होइन, लुट्नको लागि बनेको एउटा सेटिङ हो । त्यसकारण उहाँहरुसँग चुनाव लड्न मलाई कुनै चुनौती छैन किन कि काठमाडौं क्षेत्र नम्बर ५ का मतदाता विवेकशील छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ का जनताले तपाईंलाई मत दिने किन ?

क्षेत्र नम्बर ५ का मतदाताको विकल्प भनेको वेइमान र इमान्दारकै हो, किनभने मेरा प्रतिद्वन्द्वी जुन दल र संस्कारलाई रिप्रिजेन्ट गर्नुहुन्छ, उहाँहरुले यो ठाउँ बनाउन सक्नुहुन्न । उहाँहरुले काठमाडौं ५ र यो देश पनि बनाउन सक्नुहुन्न । त्यसैले काठमाडौं क्षेत्र नम्बर ५ र यो देश बनाउन जनताले मलाई मत दिनुपर्छ ।

यो क्षेत्रको लागि अहिलेसम्म के-के गर्नुभयो, अब जित्नुभयो भने के गर्नुहुन्छ ?

काठमाडौं क्षेत्र नम्बर ५ लाई एउटा भिआइपी एरिया बनाउने योजनामा छु । यो ठाउँ राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, टिचिङ अस्पताल र बुढानिलकण्ठजस्तो एतिहासिक ठाउँहरु भएको क्षेत्र हो । यसलाई गरिखाने उद्यमशील ठाउँमात्र बनाउन सकियो भने यहाँका बासिन्दाहरुको आयआर्जन बढ्छ । काठमाडौं क्षेत्र नम्बर ५ लाई  भिआइपी एरिया बनाउन खाकाहरु तयार गरेका छौं र म्यानिफेस्टो पनि बनाएका छौं । मैले यसको लागि खबरदारी गर्ने कामहरु गरेको छु । सांसद् भएपछि यहाँका मेयर, वडाअध्क्षयलगायत सबै पक्षसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्छु ।

भनेपछि चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ ?
मलाई विश्वास छ, काठमाडौं ५ का नागरिक विवेकशील छन् । त्यसकारण चुनाव जित्नेमा विश्वस्त छु ।

तपाईं र तपाईंको पार्टीले हार्‍यो भने के हुन्छ ?
मैले हारे या जिते पनि देशको सेवामा तल्लिन रहन्छु । सेवा गर्छु । चार वर्षअगाडि पनि म हराइन । अब पनि म हराउनेवाला छैन । त्यसकारण मेरो प्रतिबद्धता भनेको यो देशलाई जबसम्म लुटतन्त्रबाट लोकतन्त्र जोगाउन सकिँदैन, तबसम्म लागिरहन्छु । नेपालको स्वाभिमानलाई अझ  मजबुत बनाउन हामी लागिरहन्छौं । हामी निर्वाचन र शक्तिमा पुग्न भनेर मात्र आएको होइनौं । मलाई विश्वास छ अबको चार/पाँच वर्षमा स्थानीय तहमा पनि दशौं हजार विवेकशील नेतृत्व उत्पन्न गर्छौं, जसले गर्दा यो देशमा विकास र समृद्धि हुन्छ र यो देश विश्वकै केन्द्रबिन्दुमा पर्छ ।

देशैभरि विवेकशील साझा पार्टीका उमेदवारले जित्ने सम्भावना कति छ ? अबको चुनावबाट राष्ट्रिय पार्टी बन्ला ?
हाम्रो उद्देश्य भनेको राष्ट्रिय दल बन्नु हो । राष्ट्रिय दल बन्नलाई एक सिट प्रत्यक्ष जित्नुपर्छ र ३ प्रतिशत राष्ट्रिय मत ल्याउनुपर्छ । हामी विश्वस्त छौं, यसपटक विवेकशील साझा पार्टी राष्ट्रिय दल बन्छ र अर्को पटक पूर्ण बहुमतको सरकार बन्छ ।

चुनाव जितेको खण्डमा आगामी योजना के छन् ?
चुनाव जितेपछि संसद्मा हुने बेथितिलाई रोक्छौं । हामी संसद्को वाचडग हुन्छौं, संसद्भित्र भएका नराम्रो कुराहरुलाई मिडिया र नागरिक समूहका साथीहरुलाई साथमा लिएर सशक्त दबाब दिने काम गर्छौं । हाम्रो चार वर्षीय काम भनेको अब पनि हुन सक्ने शिक्षालगायत विभिन्न नराम्रो कुराहरु संसद्भित्र छिराउन खोज्छन्, त्यस्ता कामहरुलाई रोक्ने हामीले काम गर्छौं ।

आप्रवासी नेपालीलाई कहिलेसम्ममा भोट हाल्ने व्यवस्था गर्नुहुन्छ ?

हामीले पहिलेदेखि नै विदेशमा बस्ने नेपालीहरुका लागि मतदान गर्ने व्यवस्था गर्नुपर्‍यो भनेर दबाब दिने काम गरिराखेका थियौं । त्यो आजसम्म पनि सफल भएन, हामीले पनि त्यसका लागि अब संसद्न नै छिर्नुपर्छ भन्ने बुझ्यौं । संसद्मा पुगेपछि हामी त्यो व्यवस्था गर्छौं । विदेशमा बस्ने ५० लाख नेपालीले मतदान गर्न नपाएपछि हामी साँच्चै लोकतन्त्रमा छौं ? भन्ने प्रश्न पनि आउँछ । त्यो माहोल बनाउन नीति बनाउने ठाउँमा जानुपर्छ र झक्झकाउनैपर्छ । त्यसपछि हामीले देशभरिका नेपालीको साथमा दबाब सिर्जना गर्नुपर्छ । अरु पार्टीभित्रका सांसद्हरुसँग पनि मिलेर यो एन पास गराएर अब विदेशमा बस्ने नेपालीलाई  पनि भोट हाल्न मिल्ने व्यवस्था बनाउँछौं । 

दिनहुँ पलायन भइरहेका युवा रोकथामका लागि तपाईंहरुको पार्टीले के गर्छ ? 
यसको लागि नेपालीहरुभित्र भएको संस्कारलाई परिवर्तन गरिदिनुपर्छ । हाम्रो संस्कार भनेको लाहुरे बन्ने छ । त्यसको  निराकरणका लागि हामीले उद्यशीलताको वातावरण बनाउँदैछौं । 

तपाईंको पार्टीलाई डलरवादी पार्टी भन्छन् नि, किन ?
बहुदलको नाममा लुटतन्त्र ल्याएर आइएनजिओ फस्टाइरहेका छन् । हामीले पार्टी स्थापनादेखि नै खर्चको विवरण देखाउने गरेका छौं, त्यसैले हाम्रो पार्टी फन्डेड बाइ नेपाली हो ।
पुरातनवादी सोच भएका मान्छेहरुलाई अर्को कुरा के लाग्दो रहेछ भने उज्ज्वल थापाले अमेरिकामा र रवीन्द्र मिश्रले बेलायतमा आफ्नो ऊर्जाशील समय बिताइ नेपाल फर्किएर राजनीतिको जाल फ्याँके ।

यिनीहरुले विदेशमै विज्ञता हासिल गरेका छन् । विज्ञता हासिल गरेको मान्छे सहरमै काम हुन्छ । त्यसकारण सहरको कुरा गर्छन् । हामी गरिबीलाई सेलिब्रेट गर्ने चङ्गुलमा छौं । गरिबी देखायो भने मागि खाने भाँडो हुन्छ । हामी त गरिबी नदेखाएर समृद्धि कसरी ल्याउने भन्नेमा छौं ताकि मागी खान नपरोस् । नेपाली राजनीतिमा खुट्टा तान्ने चरम बिन्दुमा हामी पनि पर्‍यौं । हामी भनेको नेपाली फन्डेट पार्टी, त्यसमा पनि ८२ प्रतिशत हिन्दू फन्डेड नेपाली पार्टी र १० प्रतिशत बौद्ध बाँकी रहेका सबै जातिको पार्टी हौं हामी ।

तस्बिर : सरिता खड्का

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०७४  ११:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC