काठमाडौँ । साडी भन्ने बित्तिकै हाम्रो दिमाखमा एउटै कुरा उब्जन थाल्छ कि कस्तो साडी कहाँ किन्ने । सधै साडीमा सजिन मन पराउने त्यस्ता कयौँ व्यक्तिहरु छन् । कतिपयले चाहिँ विशेष कार्यक्रम तथा विवाह ब्रतवन्ध तथा चाडपर्वमा मात्र पनि लगाउने गर्छन् ।
साडी भन्ने बित्तिकै बनारस नसम्झने पनि हामी कमै छौँ । बिशेष गरी बनारसमा घुम्न तथा साडी किन्नैका लागि पनि कतिपय महिलाहरु जाने गर्छन् । बनारसको सिल्क साडी मन नपर्ने व्यक्ति पनि अपवाद नै छन् । विभिन्न चाडपर्व तथा विवाहका लागि भनेर नै महिला तथा पुरुषहरु त्यहाँ पुगेको बेलामा साडी नकिनि फर्कदैनन् ।
बनारसका सुन्दर सिल्क साडीहरु
पहेँलो रङ्गको बनारसको सिल्क साडीको बोर्डर जरी राखी बनाइएको छ र यसको लागि म्याचिङ ब्लाउज पनि बनाइएको छ । यो साडी प्रायः सबै उमेरका महिलाहरुलाई सुहाउने साडी मध्येको एक हो । बनारसमा पाइने यो साडी सबैलाई पन पर्ने साडी पनि हो ।
बनारसे गुलाफी रङ्को सिल्क साडी पनि सबैलाई मन पर्ने साडी हो । यो साडीमा गोल्डेन कढाई गरिएको छ साथै यो साडीका लागि मिल्ने गोल्डेन रङकै ब्लाउज बनाइएको छ । धेरै बिक्ने सिल्क साडीमा यो रङको साडी पनि पर्छ । यो साडीलाई जुनसुकै समय तथा कार्यक्रम वा चाडपर्वहरुमा पनि लगाउन सकिन्छ ।
निलो तथा पिंक ब्यूटि बनारसे सिल्क साडी पनि धेरै रुचाइने साडी हो । यो साडी सबैलाई मनपर्ने रङ भएकै कारण पनि यो सबैलाई राम्रो लाग्छ । यो साडीमा पल्लु निलो र ब्लाउज पिंक रङ मिसिएको छ ।
रातो रङको आर्ट बनारसे सिल्क साडीलाई परम्पराग साडी भनिन्छ । विवाह तथा पूजाआजामा बढी रातो रङको खोज्ने भएर पनि यसको माग बढी नै हुन्छ । यदी तपाईको मनपर्ने रङ रातो हो भने पनि तपाईलाई मन पर्न सक्छ ।
बनारसे शुद्ध कटनको सिल्क साडी १०० प्रतिशत शुद्ध कटनको साडी हो । यो साडीको पल्लुमा र ब्लाउज पनि सुन्दर तरिकाले बनाइएको छ जुन सबैलाई मन पर्छ ।
नाइलनको डिजाइनर बनारसे साडी पनि बिवाह तथा विभिन्न अवसरहरुमा लगाउन सकिन्छ । यो नाइलनको बनारसे साडीमा जरीको प्रयोग गरिएको छ । साथै म्याचिङ ब्लाउज पनि छ । यो साडी अरु रङगरुमा पनि पाइन्छ ।
पर्पल रङको बनारसे साडीमा पनि जरी मिसाइएको छ । पर्पल रङ सबैलाई मनपर्ने रङ पनि हो । पर्पल रङकै व्लाउज भएको कारण पनि यो सबैलाई मनपर्छ । यो विवाहित वा अविवाहित दुबैले लगाउन सक्छन् ।
पिच रङको साडी प्रायः अविवाहितहरुलाई मन पर्ने खालको साडी हो । यसको खुलेको रङ र डिजाइनले गर्दा पनि यो साडी सबैलाई मनपर्छ । कालो रङको बनारसे साडी पनि मन नपर्ने कमै हुन्छन् । यो साडीमा पनि राम्रोसँग डिजाइन गरिएको भएकाले पनि यसको माग बढी हुनेगर्छ । यो साडी सबै उमेरका महिला तथा केटीहरुलाई मनपर्छ ।
सुन्तला र रातो रङको मिसिएको यो साडी पनि धेरै रुचाइएको र बिक्री हुने बनारसे साडी हो । यसको बुट्टा जरीले बनाइएको छ, जसले सजिलै मन लोभ्याउँछ । साथै सुहाउने ब्लाउज पनि छ ।
यसरी हामीले विभिन्न आफूलाई मनपर्ने साडीहरु ल्याउन सक्छौँ । सिल्क साडी प्रायः सबैलाई मनपर्छ । यसले सबैको मन लोभ्याएको पनि हुन्छ ।