site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘गङ्गेश्वरी जागरण पुरस्कार’ दाहाल यज्ञनिधिलाई
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं ।  ‘गङ्गेश्वरी प्रतिष्ठान’द्वारा प्रतिवर्ष प्रदान गर्ने गरी स्थापना गरिएको ‘गङ्गेश्वरी जागरण पुरस्कार, २०७४’ पहिलोपटक वरिष्ठ सञ्चारकर्मी तथा साहित्यकार दाहाल यज्ञनिधिलाई प्रदान गरिने भएको छ । एक लाख राशि रहेको यो पुरस्कार समाजमा रहेका जातीय, धार्मिक, लैङ्गिक तथा कुसंस्कार–कुरीतिजन्य अन्धविश्वास र विभेदहरूका विरुद्ध अविच्छिन्न रुपमा निर्भीकतापूर्वक जागरण अभियान चलाउँदै विशिष्ट योगदान पुर्याएबापत दाहाललाई प्रदान गर्न लागिएको हो । यो पुरस्कार सामाजिक रुपान्तरणका लागि सांस्कृतिक जागरणका पक्षमा विशिष्ट योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई प्रदान गर्ने उद्दश्यले स्थापना गरिएको कुरा संस्थापक रामदेव पाण्डेले जानकारी दिएका छन् । 

साहित्यकार डा.रामप्रसाद ज्ञवाली संयोजक तथा साहित्यकार डा. देवी नेपाल, साहित्यकार धीरकुमार श्रेष्ठ, अधिवक्ता कमलप्रसाद पोखरेल र बालसाहित्यकार आनन्द तिवारी सदस्य रहेको प्रतिभा छनोट समितिले यस वर्षका लागि दाहाल यज्ञनिधिलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । दाहाल यज्ञनिधिले प्रजातन्त्रकालमा मात्र नभई पञ्चायत कालमा सरकारी सेवामा रहेको समयमा समेत जनविरोधी सत्ता र भेदभावमुखी तमाम कुरुपताका विरुद्ध रेडियोसञ्चार तथा साहित्यिक अभिव्यक्तिका माध्यमबाट साहसपूर्ण जागरणमुखी अभियान चलाएको र अहिले खस्कँदो स्वास्थ्यको स्थितिमा पनि त्यो अभियान नछाडेको हुँदा यसपटकका लागि उनलाई सर्वसम्मतिले छनोट गरिएको कुरा पुरस्कार संयोजन समितिका संयोजक डा.रामप्रसाद ज्ञवालीले बताएका छन् ।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका, ठूलापोखरा निवासी समाजसेवी दम्पती गङ्गादेवी पाण्डे र ईश्वरीप्रसाद पाण्डेको सम्झनामा स्थापित गङ्गेश्वरी प्रतिष्ठान समाज सेवाका साथै समाजमा प्रचलित कुप्रथा, कुरीति, कुसंस्कार र अन्धविश्वासका विरुद्धको अभियानमा समर्पित संस्था हो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement