खेल

हङकङसँग खेल्न यसरी तयारी गर्दैछ नेपाल (फोटोफिचर)

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत छैटौं चरणको खेलमा नेपालले शुक्रबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । हङकङको मिसन रोड ग्राउण्डमा हुने खेलका लागि नेपाली टोलीले अभ्यास गरिरहेको छ । 

सन् २०१८ मा हुने विश्वकप छनोटमा स्थान बनाउनका लागि पनि नेपाललाई च्याम्पियनसिपको अन्तिम चारमा पर्नुपर्ने हुन्छ । त्यसैले नेपालको लागि हङकङसँगको खेल निकै महत्वपूर्ण रहेको छ । अन्तिम ४ मा स्थान बनाउनका लागि नेपाललाई अबको सबै खेलमा जित हात पार्नैपर्ने चुनौती रहेको छ ।

नेपालले नेपाली समयअनुसार बिहान ७ बजेर १५ मिनेटमा हङकङसँग खेल्न लागेको हो । यसअघि केन्यासँगको खेलमा विरामी परी उपस्थित नभएका कप्तान पारस खड्काको नेतृत्वमा नेपालले हङकङसँग उसैको घरेलु मैदानमा महत्वपूर्ण जितको लागि प्रतिस्पर्धा गर्दैछ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तस्बिरहरू : क्यान

तपाईंको मत