site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
SkywellSkywell

चितवन, रासस । पवित्र तीर्थस्थल देवघाटधाममा बाँदर आतङ्क बढेर गएपछि नियन्त्रणका लागि पहल गरिदिन सरकारसँग माग गरिएको छ । 

बाँदरले मानिसलाई आक्रमण गर्ने, खाइरहेका कुरा खोसेर लगिदिने, घरभित्र पसेर पकाएको तथा भण्डारण गरेको खाना खाद्यान्न खाइदिने, पसलबाट किनेर ल्याउँदै गर्दा बाटोबाटै खोसेर लैजाने जस्ता समस्या बढेर गएपछि स्थानीयवासीले हैरानी व्यहोर्दै आएका छन् । 

Dabur Nepal
NIC Asia

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलका अनुसार बाँदर आतङ्क साह्रै नै बढेर गएपछि वन मन्त्रालयमा नियन्त्रणका लागि आग्रह गरिएको छ । मन्त्रालयले देवघाट क्षेत्रमा पर्ने चितवन, नवलपरासी र तनहुँ जिल्लाका वन प्रमुखलाई बाँदर नियन्त्रण गर्न कसरी सकिन्छ भन्ने विषयमा रायसमेत मागेको पौडेलले बताए । पौडेलले भने, “वनमन्त्रीले बाँदर नियन्त्रणका लागि काम थाल्न भनेपछि प्रक्रिया अगाडि बढाइएको छ ।” 

गलेश्वर आश्रम देवघाटका प्रबन्धक महेन्द्र प्याकुरेलका अनुसार वृद्धाश्रममा रहने र स्नानका लागि आउने भक्तजन बाँदरबाट निकै आतङ्कित बनेका छन् । उनले भने, “खाइरहेको खाना बाँदरले उठाएर लैजाने गर्दछ ।” दैनिक दुई–तीनजना वृद्धवृद्धालाई बाँदरले घाइते बनाउने गरेको छ । 
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राध्यापक कृष्ण काफ्लेका अनुसार बाँदरको प्रजनन चारदेखि पाँच वर्षमा हुने गर्दछ । १६० दिनमा बच्चा जन्माउने गर्दछ । एक पटकमा प्रायः एउटा मात्रै बच्चा जन्माउने भए पनि पुनः छिट्टै गर्भाधारण गर्नाले यसको सङ्ख्या निकै छिटो वृद्धि हुने उनले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro