ad

साहित्य र कला

इनास अवार्डमा मह जोडीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

काठमाडौं । पाँचौ इनास अवार्डमा अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । 

आयोजकका अनुसार असोज २७ गते काठमाडौंमा हुने अवार्ड वितरण समिारोहमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद सत्यमोहन जोशी, सिनेकर्मी चेतन कार्की, गायक प्रेमध्वज प्रधान, नृत्यांगना बिमला श्रेष्ठलाई बिशिष्ट सम्मान प्रदान गरिने छ । 

१९ विधामा अवार्ड वितरण गरिने छ । अवार्डको जुरी सदस्यहरुमा अभिनेता रमेश बुढाथोकी, संगीतकार लक्ष्मण शेष, गीतकार करुण थापालगायत छन् ।
 

तपाईंको मत