राजनीति
काठमाडौं । डीआइजी नवराज सिलवालको राजीनामा स्वीकृत भएको छ । सिलवालले एमाले प्रवेश गरेको दिन शुक्रबार नै राजीनामा स्वीकृत गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
गत शुक्रबारको मिति राखेर सिलवालको राजीनामा गृहमन्त्री जनार्दश शर्माले स्वीकृत गरेका हुन् ।
आइजीपी नियुक्तिमा आफूलाई अन्याय भएको भन्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेपछि सिलवालले राजीनामा दिएका थिए ।
सिलवालको राजीनामापत्र कार्यान्वयनका लागि असोज १ गते गृह मन्त्रालय पठाइएको थियो ।
तर, तीन सातादेखि राजीनामा स्वीकृत भएको थिएन । राजीनामा स्वीकृत नहुँदै एमाले प्रवेश गरेको भन्दै उनको आलोचना समेत भएको थियो ।
प्रकाशित मिति: सोमबार, असोज २३, २०७४ १०:२६
प्रतिक्रिया दिनुहोस्