site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

क्वेटा, पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा भएको एक आत्मघाती आक्रमणमा ज्यान गुमाउने व्यक्तिको सङ्खया २० पुगेको छ । 

झाल मुग्सी जिल्लामा अवस्थित सुफी मुस्लिम धर्मावलम्वीको पवित्रस्थलनजिकै बिहीबार भएको सो आत्मघाती हमलामा तत्काल १३ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस आक्रमणका घाइतेमध्ये थप सात जनाको मृत्यु भएको छ । सो सङ्ख्या शुक्रबार २० पुगेको बताइएको छ । यस घटनामा परी अन्य ३० जना घाइते भएका सरकारी अधिकारीहरुले शुक्रबार जनाएका छन् । 

बलुचिस्तानको गान्दवा क्षेत्रको झाल मुग्सी जिल्लामा रहेको उक्त धार्मिकस्थल इरान र अफगानिस्तानको सीमा क्षेत्रमा रहेको छ । मस्जिद बाहिर सुरक्षार्थ खटिएका प्रहरीले आक्रमणकारीलाई मस्जिद परिसरमा पस्न रोकेपछि एक मस्जिदबाहिरै विस्फोट गराएका थिए । 

Global Ime bank

प्रार्थनाका लागि मस्जिद गइरहेका र प्रार्थनागरी फर्कदै गरेका १३ जना स्थानीय वासिन्दाको तत्काल मृत्यु भएको वरिष्ठ सरकारी अधिकारी असाद ककारले एएफपी समाचार समितिलाई बताएका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २१, २०७४  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement