site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी लडाकु विमान लालसागरमा दुर्घटना 

काठमाडौं । अमेरिकी एउटा लडाकु विमान लालसागरमा दुर्घटनाग्रस्त भएको छ । अमेरिकी सेनाका अनुसार, लडाकु विमान आफ्नै गोलीको सिकार बनेको थियो, जसलाई ‘फ्रेन्डली फायर’ भनिन्छ ।

यमनका हुथी विद्रोहीमाथि हवाई आक्रमणका क्रममा यो घटना भएको हो । पछिल्ला दिन अमेरिकाले यमनको राजधानी सानामा हुथी विद्रोहीको अड्डाहरूलक्षित हवाई आक्रमण गरिरहेको छ ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डका अनुसार, अमेरिकी नौसेनाको लडाकु विमान एफ/ए–१८ होर्नेट दुर्घटना भएको हो । उक्त लडाकु विमानमा सवार चालक दलका दुवै सदस्य सकुशल बाहिर निस्किएका छन् ।

आफ्ना लडाकु विमानहरूले लालसागरमा हुथी विद्रोहीका ठूलो संख्यामा ड्रोन र एन्टी–सिप क्रुज मिसाइल खसालेको अमेरिकाले दाबी गरेको छ । इजरायलमा हुथी विद्रोहीले आक्रमण गरेपछि अमेरिकाले उनीहरूमाथि हमला थालेको हो ।

हुथी विद्रोहीले शनिबार (हिजो) इजरायलको तेल अभिभमा ब्यालेस्टिक मिसाइल आक्रमण गर्दा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए । हुथी इरान समर्थित विद्रोही समूह हो, जसले यमनको उत्तर–पश्चिम क्षेत्रलाई नियन्त्रणमा लिएको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro