site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank

राजविराज (रासस) । सप्तरीको राजविराज नगरपालिका–१३ बाट हतियारसहित एकजनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।  
पक्राउ पर्नेमा सोही वडा नं बस्ने ५४ वर्षीय लक्ष्मण यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेका यादवको साथबाट एक थान कटुवा पेस्तोल, सोमा प्रयोग हुने एक राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
यादवले अवैधरुपमा हतियार घरमा लुकाई राख्ने र हतियार देखाएर स्थानीयलाई धम्काउने गरेको जानकारीअनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीको टोलीले उनलाई हतियारसहित पक्राउ गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।
प्रहरीले चेकजाँच गर्ने क्रममा यादव सुत्ने कोठाको खाटमुनि प्लाष्टिकमा लुकाएको अवस्थामा कटुवा पेस्तोल र गोली बरामद गरेको उनले जानकारी दिए । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

करेन्ट लागेर बालिकाको मृत्यु 

यसैबीच, सप्तरीको राजविराज नगरपालिका–११ मा करेन्ट लागेर बुधबार एक बालिकाको मृत्यु भएको छ ।  

मृत्यु हुनेमा राजविराज नगरपालिका–११  झल्ही बस्ने विनोद यादवकी १२ वर्षीया छोरी बबिताकुमारी रहेको प्रहरीले  जनाएको छ ।  
बबितालाई आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको थियो । गम्भीर घाइते भएकी उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरेपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
शव परीक्षणको लागि सोही अस्पतालमा राखिएको बताइएको छ ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, असोज १९, २०७४  ०७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro