site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टिमको घोषणा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक ग्योटुकी कोजीले आज (बुधबार) २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् ।

छनोट हुने खेलाडीमा विराज महर्जन, किरणकुमार लिम्बु, विकेश कुथु, एलन न्यौपाने, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ, राजेन्द्र रावल, सुनिल बल रहेका छन् । त्यस्तै, विमल घर्तिमगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास, अन्जन विष्ट, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, विशाल राई, हेमन्त थापा मगर र सुजल श्रेष्ठ पनि टिममा परेका छन् । 

Agni Group
NIC Asia

नेपालले असोज २४ गते ताजिकिस्तानसँग उसैको भूमिमा अवे खेल खेल्नेछ । यसअघि एन्फा कम्प्लेक्समा भदौ २० गते भएको होम खेलमा नेपाल २–१ गोलअन्तरले पराजित भएको थियो ।

समूह एफमा रहेको नेपालको ३ खेलबाट १ खेलमा बराबरी र दुई खेलमा पराजित हुँदै तालिकामा पुछारमा छ । शीर्ष स्थानमा फिलिपिन्स रहेको छ । फिलिपिन्सले ३ खेलबाट २ खेलमा जित र एक खेलमा बराबरी खेल्दै ७ अंक बनाएको छ । त्यस्तै, दोस्रो स्थानमा यमन रहेको छ । यमनको ३ खेलबाट एक खेलमा जित र २ खेलमा बराबरी खेल्दै ५ अंक छ । तेस्रो स्थानमा रहेको ताजिकिस्तानको ३ खेलबाट १ खेलमा जित र २ खेलमा हारसहित ३ अंक रहेको छ ।

Global Ime bank

नेपालले अब फिलिपिन्ससँग होम खेल खेल्न बाँकी छ भने यमनसँग अवे खेल खेल्न बाँकी छ । समूहको विजेता र उपविजेताले सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कपमा भाग लिन पाउनेछन् । त्यसैले नेपालका लागि अबका ३ वटै खेल निकै महत्वपूर्ण रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १८, २०७४  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय