site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खसी काटेको देख्दा आस्थाको रुवाबासी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । आस्थाले लगातार दुई वटा दशैं मनाउन पाइनन् । विसं. २०७२ को दशैं अमेरिकामा मनाएकी उनले त्यसभन्दा अघिल्लो सालको दशैं कतारको दोहामा मनाएकी थिइन् । 
०७३ को दशैंले पनि उनका लागि उत्साह लिएर आउन सकेन । गत वर्ष घर र मामाघरको दुबै हजुरबुबा उनले गुमाइन् । त्यसैले गत वर्षको दशैं पनि उनका लागि खल्लो भयो ।

आस्थालाई सबैभन्दा धेरै मायाँ गर्ने हजुरआमाहरु नै विते पछि गतवर्ष उनको दशैं उत्साहप्रद हुन सकेन । लगातार घरमा दशैं मनाउन नपाएकी उनले ०७४ सालको दशैं भने खुलेरै मनाउन पाइएला भन्ने सोचेकी थिइन् । तर यो वर्षको दशैं पनि आस्थाका लागि सुखद बनेर आएन । यो साल पनि उनका  आmन्त विते । दशैं सुनसान नै भयो । निधारभरी रातो टिका लगाएर शीरमा पहेँला जमरा लर्काएर हिँड्ने रहर रहरमै सीमित भयो । 

टिका लगाएर दशैं मनाउन नमिले पनि आस्था यसपटक भने घरमै छिन् । घटस्थापनाको भनोलिपल्ट धरानमा कन्सर्ट गरेर आएकी आस्थाले मंगलबार नवलपरासीमा सांगीतिक कार्यक्रम गरिन् । अहिले भने उनी घरमै छिन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

विदेशमा हुँदा पनि आस्थालाई दशैं रामै लागेको थियो । “दशैंमा घर बाहिर हुँदा केही नराम्रो त हुन्छ नै तर हामी कार्यक्रममा जाने भएकाले नेपाली दाजुभाई तथा दिदीबहिनीहरुसँग बसेर मनाउने भएकाले त्यती नराम्रो पनि हुँदैन । द्वहामा हुँदा मलाई कोमल ओली दिदी र राजेश हमालले दशैंमा टिका लगाइदिनु भएको थियो । उहाँहरुलाई नै मैले अभिभावक माने,” आस्था भन्छिन् ।  

यो वर्ष दशैं नभए पनि भेटघाट गरेर मनाउने उनको योजना छ ।  

Royal Enfield Island Ad

“वास्तवमै दशैं भनेको केटाकेटीमै रमाइलो हुँदोरहेछ । अब म केटाकेटी पनि रहिन र केटाकेटी हुँदाको त्यो दशैं पनि रहेन । बच्चा हुँदा साँच्चै रमाइलो हुन्थ्यो दशैं । महिनौं अघिदेखि दशैं आउने दिन गनेर बसिन्थ्यो,” बाल्यकालीन दशैं सम्झदै उनी भन्छिन् ।  

आस्थाका हजुरबुबा पञ्चायतकालको प्रधानपञ्च भएकाले उनको घर राउत परिवारकै मुल घर थियो । सबै टिका लगाउन आउँथे । आस्था पनि टिका लगाउँथिन् । आस्थालाई हजुरवामलाई निदारको वल्लो छेउदेखि पल्लो छेउसम्म भरी टिका लगाएदिन्थे । हुजुरबुवाले आशिर्वादसँगै दिने पैसाले खुसीको पारो एकै चोटी सगरमाथा चढ्थ्यो । 

“गाउँमा टिका लगाएर आशिर्वाद थाप्नेभन्दा पनि पैसा कति हुन्छ भनेर गइन्थ्यो । पैसा कति भयो भनेर गनिन्थ्यो । दशैं र तिहारको पैसा भेला पारेर पछि आमासँग भएर सपिङ्ग गर्थें । ति क्षण नै रमाइला हुन्थे,” आस्था भन्छिन्, “दशैंमा अरुको घरमा जस्तो आजकाल खसी भने हामी काट्दैनौं । दोलखा जाँदा भने काटिन्थ्यो । मेरो आमा साकाहारी भएकाले सकेसम्म मासुको परिकार हाम्रो घरमा बन्दैन । बुबा र म बाहिर गएर खान्छौं । मलाई पनि मारकाट गरेको मन पर्दैन । ”

“म सानोमा खसीलाई ‘मुनी म्याँ’ भन्थें । मलाई अरुले खसी किनेर ल्याएर घरमा ल्याएको देख्दा रहर लाग्थ्यो । मैले पनि ल्याएदिनु भनेर जिद्धी गरेपछि मलाई पनि ल्यादिनु भयो । त्यो ठूलो भएपछि काटेको देखेपछि मेरो रुवाबासी नै भयो । त्यहाँदेखी मलाई मारकाट गरेको मन पर्दैन,” आस्था भन्छिन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १३, २०७४  ११:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro