site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एसीसी यू–१९ एसिया कप छनोट: टस जितेर बलिङ गर्दै नेपाल (लाइभ)
Siddhartha BankSiddhartha Bank

काठमाडौं । एसीसी यू–१९ एसिया कप छनोटको सेमिफाइनलमा नेपालले अहिले आयोजक मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ । एसिया कप छनोटको रुपमा रहेको एसीसी यू–१९ इस्टर्न रिजनको सेमिफाइनल अन्तर्गत नेपाल र मलेसियाबिचको खेल किनरारा ओभलमा भइरहेको छ ।

घरेलु टोलि मलेसियाबिरुद्ध नेपालले टस जितेर पहिले बलिङ (फिल्डीङ) रोजेको छ । पहिले ब्याटिङ गरेको मलेसिया १ विकेट गुमाएर २१ रन बनाएर खेलिरहेको छ । नेपालका रोहित कुमार पौडेलले एक विकेट लिए ।

Agni Group
NIC Asia

अघिल्ला तीन खेलमा शतप्रतिशत नतिजा निकालेको नेपाल शनिबार मलेसियाविरुद्ध पनि अपराजित यात्रा कायम राख्न चाहान्छ । यस्तै नेपाल फाइनलमा स्थान बनाउदै एसिया कपको लागि छनोट हुने योजनामा हुने छ । एसीसी यू–१९ एसिया कप आगामी नोभेम्बरमा हुने छ । एसिया कपमा टेष्ट मान्यताप्राप्त भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान जस्ता बलियो टोलिको सहभागिता हुने छ ।

इस्टर्न रिजनको छनोटको समूह ए मा रहेको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यता, मलेसियाले समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेका हुन् ।  छनोटमा नेपाल अपराजित छ भने मलेसिया एक खेलमा पराजित भएको थियो ।

Global Ime bank

समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार सिंगापुरलाई ७ विकेटले पराजित गर्दै समूह विजेता बनेको थियो । एक खेलअगावै सेमिफाइनलमा पुगेको नेपालले ३ खेलमा सतप्रतिशत नतिजा ल्याएर ६ अंक जोडेको थियो । 

छनोटमा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई २५५ रन तथा दोस्रो खेलमा भुटानलाई ९ विकेटले पराजित गरेको थियो । यता, बिहीबार भएको समूह चरणको अन्तिम खेलमा हङकङसँग ६ विकेटले पराजित भएपछि मलेसियाले समूह उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो  । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३१, २०७४  ०८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय