site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समयभित्र विकास निर्माणका काम सम्पन्न गर्न प्रधानमन्त्रीको आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार भौतिक पूर्वाधार विकासमा निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने बताएका छन् ।  उनले भने, समृद्धिको प्रमुख आधार भौतिक पूर्वाधार विकास हो, यसको विकासमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्न चाहन्छ ।” 

नेपाल निर्माण व्यवसायी महासंघको १९ औँ साधारणसभाको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले लगानीमैत्री वातावरण सरकारले तयार गरिदिने जानकारी निर्माण व्यवसायीलाई गराए ।  

Prabhu Bank
Agni Group
NIC Asia

उनले सार्वजानिक खरिद ऐन तथा नियमावलीलाई समसामयिक सुधार गरिने बताउँदै समयभित्र विकास निर्माणका गुणस्तरीय काम सम्पन्न गर्न आग्रह गरे । प्रम देउवाले भने, “विकास खर्च सन्तोषजनक छैन, निर्माण सम्पन्न भएका कामको समेत गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको छ, यसतर्फ म सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु चाहन्छु ।” 

निर्माण व्यवसायीका समेत व्यावसायिक दक्षता र क्षमता अभिवृद्धि गर्न जरुरी रहेको छ उनले बताए । देउवाले गैरआवासीय संघका अध्यक्ष शेष घले, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउद र अन्तरराष्ट्रिय निर्माण व्यवसायी महासंघका अध्यक्ष दातु माथ्यु टिलाई सम्मान गरेका थिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १७, २०७४  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement