site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जापानमा मिसाइल प्रक्षेपण सैन्य कारबाहीको पहिलो कदमः उत्तर कोरिया
Sarbottam CementSarbottam Cement

काठमाडौं । मंगलवार बिहानै जापानी भूमीमा मिसाइल प्रहार गरेको उत्तर कोरियाले उक्त कामलाई प्रशान्त क्षेत्रमा आफ्नो सैन्य कारबाहीको पहिलो कदम भएको बताएको छ ।
आउने दिनमा थप आक्रमणको चेतावनी दिँदै उत्तर कोरियाले मंगलवारको प्रक्षेपणलाई पहिलो कदम भनेको हो ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले अमेरिकी भू–भाग गुआममा पनि आक्रमण गर्ने चेतावनी दिँदै यसलाई आक्रमणको प्रमुख केन्द्र भनि दाबी गरेको बीबीसीले जनाएको छ । 
मंगलवार जापानी क्षेत्रतर्फ उत्तर कोरियाले प्रहार गरेको मिसाइल जापानको होक्काइडो टापुमाथिबाट उड्दै समुन्द्रमा खसेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

उत्तर कोरियाले आफ्नो उक्त मिसाइल प्रहार अमेरिका र दक्षिण कोरियाबीच चलिरहेको संयुक्त सैन्य अभ्यासको जवाफमा भएको र सन् १९१० मा जापान–कोरियाबीच भएको सन्धीको वर्षगाँठको अवसरमा पनि भएको प्रस्ट पारेको छ । सन् २०१० मा जापान र कोरियाबीच सन्धीमा हस्ताक्षर भएपछि जापानी सेनाले कोरियाली प्रायद्धिप नियन्त्रणमा लिएको थियो ।

उत्तर कोरियाली समाचारसंस्था केसीएनएले उत्तर कोरियाली नेता किम जोङ्–उनलाई उदृत गर्दै कोरियन पिपल्स आर्मीको प्रशान्त सागरमा सुरु गरेको कारबाहीको पहिलो कदम भएको समाचार प्रकाशित गरेको छ ।

Global Ime bank

यसका साथै किमले प्रशान्त सागरमा थप सैन्य कारबाहीको लागि तयारी गर्न आदेश दिएको पनि उल्लेख छ ।

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको आपतकालीन बैठकले उत्तर कोरियाले जापानमाथिबाट जाने गरि प्रहार गरेको क्षेप्यास्त्रको भत्र्सना गरेको छ ।
अमेरिकाले तयार पारेको विज्ञप्तीमा प्योङयाङमाथि थप नाकाबन्दी घोषणा गरिएको छैन ।

तर सुरक्षा परिषदले प्योङयाङलाई थप क्षेप्यास्त्र प्रहार नगर्न र उसको आणविक हतियार कार्यक्रम रोक्न भनिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १४, २०७४  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement