site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्थानीय तह थपिँदा तयारीमा चुनौती
Sarbottam CementSarbottam Cement

काठमाडौं । दुई पटक निर्वाचन सरेर असोज २ गते हुन लागेको प्रदेश नं. २ को निर्वाचनमा स्थानीय तह थपिँदा तयारीमा चुनौती थपिएको छ । 

सरकारले जेठ ९ गते प्रदेश नं १, २, ५ र ७ मा स्थानीय तह थप गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि कार्यान्वयन हुन सकेको थिएन । 
हालै सर्वोच्चले स्थानीय तह चुनाव हुन बाँकी २ नम्बर प्रदेशमा सरकारले संख्या थप गर्न सक्ने गरी निर्णय गरेपछि चुनाव हुन १ महिना बाँकी रहँदा सरकार र निर्वाचन आयोगलाई तयारीमा समस्या परेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि १२७ स्थानीय तह रहेको प्रदेश नं. २ का ८ जिल्लामा ९ स्थानीय तह थपिएपछि मतदाता नामावली र मतदाता परिचयपत्र पुनः छाप्नुपर्ने भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

जसका लागि सरकारले तत्काल थपिएका स्थानीय तहमा कार्यालय स्थापना गर्नुपर्ने अर्को चुनौती छ । शर्माले तत्काल थपिएका स्थानीय तहको कार्यालय खोल्नुपर्ने बताए ।
स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले यसबारे मन्त्रालयले तयारी गरिरहेको र केही दुई दिनमै कार्यालय स्थापना हुने जानकारी दिए । 

Global Ime bank

उक्त प्रदेशमा यसअघि निर्धारण गरिएका २ हजार १३७ मतदान स्थल तथा ३ हजार ५६७ मतदात केन्द्र पनि परिवर्तन हुन सक्ने आयोगले जनाएको छ । २ नम्बर प्रदेशमा २६ लाख ६४ हजार ७९२ मतदाता रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC