site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
माङ्लाकको कविता संग्रह विमोचन
SkywellSkywell

काठमाडौं । राज माङ्लाकको कविता संग्रह विमोचन भएको छ । सोमबार काठमाडौंस्थित भृकुटीमण्डपमा जारी अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको अवसर पारेर आयोजक तथा प्रकाशक शिखा बुक्सले उक्त पुस्तकको विमोचन गरेको हो ।

‘लिम्बुनी गाउँ’ नाम दिएको उक्त संग्रहमा सांस्कृतिक रितिरिवाज तथा चालचलनलाई उठान गरिएको पाइन्छ । मुख्यगरी कविताहरुमा लिम्बु मिथक, आख्यान, विम्बहरुको माध्यमबाट लिम्बु संस्कार र संस्कृतिको फ्लेभर दिन खोजिएको देखिन्छ । नेपाली भाषामा लेखिएको उक्त संग्रहमा लिम्बु साहित्य सौन्दर्य स्पष्ट देख्न सकिन्छ ।

Dabur Nepal
NIC Asia

विमोचन कार्यक्रममा नेपाल प्राज्ञ परिषद्का सदस्य तथा कवि श्रवण मुकारुङले उक्त संग्रहमा संग्रहित कविता पढेपछि नयाँ चेतनाको ढोका खोलेको बताए । 

आख्यानकार तथा कवि भूवनहरी सिग्देलले कविताहरुमा उत्तरआधुनिकतालाई जोड दिएको बताए । “गाँउघर, खोला–नाला, संस्कृति, मिथक, विम्बहरुको चयन उत्तम रहेको छ,” उनले भने “कवितामा जातिय पहिचानको आन्दोलन भेटिन्छ ।”

कवि तथा समिक्षक प्रकाश थाम्सुहाङ्गले २० वर्षको अन्तरालमा बजारमा ल्याइएको संग्रह ढिलो आएता पनि गजबको रहेको दावी गरे । किराँतीहरुको जीवनै लय र गतिमय हुने भन्दै उनले कवितामा पनि लय र गति पाइने जनाए । \\

अन्नपूर्ण टुडेका सम्पादक वसन्त बस्नेतले कवि माङलाकको कवित्वलाई धेरै अघिदेखि चिनेको भन्दै संग्रहमा संग्रहित कविताहरुलाई गम्भिर अध्ययन गरिनुपर्नेमा जोड दिए । 
झन्डै तीन दर्जन कविता संग्रहित १०४ पृष्ठ रहेको उक्त संग्रहको मूल्य प्रकाशकले १७५ रुपैयाँ तोकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७४  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro