site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तर कोरियाले आक्रमण गर्ने तयारी गरेको गुआम कसरी अमेरिकाको भयो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत हप्ता अमेरिका र उत्तर कोरियाबीचको वाक्युद्धमा उत्तर कोरियाले गुआममा आक्रमण गर्ने चेतावनी दियो । उत्तरको यस्तो चेतावनीपछि सारा विश्वको ध्यान गुआममा टिकेको छ । 

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले उत्तर कोरियाली सैनिक अधिकारीहरुले गुआममा यही महिना आक्रमण गर्ने योजना सार्वजनिक गरेका छन् । प्रशान्त महासागरमा रहेको उक्त प्रायद्धिप अमेरिकी सेनाको केन्द्रको रुपमा चिनिएको छ । गुआम टापुबारे केही जानकारीः

\"\"

Prabhu Bank
Agni Group
NIC Asia

गुआम कसरी अमेरिकाको भयो ?
 

पोर्चुगुइज खोजकर्ता फर्डिनेन्ड मजेलनले गुआम फेला पारेको ४० वर्षपछि १५६५ मा स्पेनले उक्त द्धिप आफ्नो भएको दाबी ग¥यो । सन् १८९८ मा अमेरिकी–स्पेन युद्ध हुँदासम्म गुआममा स्पेनी शासकले शासन गरे । 

Global Ime bank

त्यसपछि भएको पेरिस सन्धि मातहत गुआम अमेरिकाले पायो । सन् १९४१ मा पर्ल हार्वर आक्रमणपछि गुआममा जापानको अस्थायी नियन्त्रण रह्यो तर यसको तीन वर्ष पछि अमेरिकाले फेरी गुआमको स्वामित्व पायो र सन् १९५० मा मात्रै अमेरिकाले पूर्ण र औपचारिक रुपमा अमेरिकी क्षेत्रको रुपमा आयो जुन अहिले पनि अमेरिकाको डिपार्टमेन्ट अफ नेभी अन्र्तगत रहने गरेको छ ।

सन् १९५० मा अमेरिकी कांग्रेसले अर्गानिक एक्ट अफ गुआम पारित गरेपछि त्यहाँ बसोबास गर्ने मानिसहरुले अमेरिकी नागरिकता पाए तर उनीहरुले अमेरिकी राष्ट्रपति चुनावमा भने भोट हाल्न पाउँदैनन् । सन् १९७० मा गुआमले पहिलो पटक एक गर्भनर चुनेको थियो र सन् १९७२ यता अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभमा गुआमका एक नन–भोटिङ् डेलिगेट भने रहने गरेको छ ।

\"\"

सात हजार अमेरिकी सैनिक
 

गुआममा अमेरिकाले आफ्नो नेभी बेस बनाएको छ साथै त्यहाँ अमेरिकी एअरफोर्सको एन्डरसन एअरफोर्स बेस द्धिपको उत्तर–पूर्वमा पनि छ । यहाँ रहेको एअरफोर्स बेसमा बी–५२ बम वर्षक र लडाकु विमान तैनाथ छन् । यसका साथै यहाँ परमाणु शक्ति युक्त युद्धपोत पनि तैनाथ छ । यहाँ करिब सात हजार अमेरिकी सैनिक आफ्नो परिवारका साथमा बसोबास गर्ने गरेका छन् भने यहांको जनसंख्या एक लाख ६० हजार छ र यो टापुको पर्यटकीय क्षेत्र ट्यूमोन दुई सैन्य बेसको बीचमा छ जहाँ वर्षेनी हजारौं पर्यटक घुम्न जाने गरेका छन् ।

\"\"

अमेरिकी राज्य हवाईको तुलनामा गुआम उत्तर कोरियाको नजिक
 

गुआम उत्तर कोरियाको नजिकै रहेको अमेरिकी इलाका हो । उत्तर कोरियाबाट गुआमको दुरी ३ हजार ४ सय २७ किलोमिटर मात्रै छ, जुन हवाई र गुआमको बीचको आधा हो । गुआम र हवाईबीचको दुरी ६ हजार ३ सय ७३ किलोमिटर छ । 

\"\"

सांस्कृतिक विविधता
 

गुआमको ४० प्रतिशत जनसंख्या चमोरो जातीको छ, जो यहाँका स्थायी वासिन्दा हुन् । यसका अलवा यहांको जनसंख्याको २४ प्रतिशत जनसंख्या फिलिपिनीको छ भने १८ प्रतिशत जनसंख्या विभिन्न देशका नागरिकको बसोबासबाट बनेको छ । यहाँको ७ प्रतिशत नागरिक गोरो वर्णका नागरिकहरुले ओगटेका छन् भने १० प्रतिशत मानिस माइक्रोनेजन छन् । यहाँको आधिकारिक भाषा अंग्रेजी र चमोरो हो ।

गुआमः पहिलो अमेरिकी क्षेत्र जहाँ समलैंगिक विवाह वैध मानिन्छ
 

सन् २०१५ को ५ जुन गुआम पहिलो पटक अमेरिकी क्षेत्र बन्यो जहाँ समलैंगिक विवाहलाई वैधानिकता दिइयो । गुआममा घोषणा भएको १५ दिन पछि नै अमेरिकी सर्वोच्च अदालतले समलैंगिक विवाहलाई पुरा अमेरिकामा मान्यता दिएको थियो ।
एजेन्सीको सहयोगमा


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७४  ०४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय