site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । बजार अनुगमनका क्रममा काठमाडौंका दुई दर्जनबढी पसलमा अखाद्य पदार्थ भेटिएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएको, अखाद्य पदार्थ मिसाइएको र गुणस्तरहीन सामग्री बेचेको पाइएको हो ।

। आइतबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा गरिएको अनुगमनमा त्यस्तो पाइएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अनुगमनमा क्रममा विभिन्न औषधि, खाद्य तथा किराना, माछा तथा मासु पसलेले गुणस्तरहीन सामग्री बेचेको पाइएको विभागले जानकारी दिएको हो ।

विभागका निर्देशक लक्ष्मण श्रेष्ठले दिएको जानकारी अनुसार आवश्यक फम्र्याट अनुसार सञ्चालन नगरिएकाले काठमाडौंको दुई ओटा औषधि पसल बन्द गरिएको छ । उक्त पसलमा ‘डीडीए’ फर्मयाट अनुसार औषधि पशलमा बिल छपाइ, नगरी व्यवसाय सञ्चालन गरेकोेले काठमाडौंस्थित सिनामंगलमा रहेको सहकार्य फर्मा र सिनामंगल मेडिकल हल बन्द गरिएको हो । साथै अनुगमन टोलीले व्यवसायीलाई २४ घन्टाभित्र औषधि व्यवस्था विभाग र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा उपस्थिति हुन निर्देशनसमेत दिएको छ । त्यस्तै सहकार्य फर्मामा म्याद नाघेका केही औषधि फेला पारी नष्ट गरिएको छ ।

Royal Enfield Island Ad

त्यस्तै सोही स्थानमा रहेको सफल मेडिकल सेन्टर, एन गंगा फार्म सिनामंल हेल्थ केयर लगायतका पसललार्ई व्यवसाय दर्ता नवीकरण नगरिएको,  डीडीएको फम्र्याट अनुसार बिल छपाई व्यवस्था नगरिएको कैफियत फेला पारेको थियो ।

दिनरात फार्मेसी सिनामंगल लगायतका औषधि पसलहरुमा म्याद नाघेका ‘मेट फर्मेन्ट’, प्राचिन ‘गज वेन्डर’ लगायतका औष्धिहरू नष्ट गरिएको छ । 

त्यस्तै खाद्य किराना पशलमा अनुगमनको क्रममा  म्याद नागेका, लेबल नभएका अखाद्य सामग्रीहरू भेटिएका छन् । अनुगमन टोलिले धुम्बाराही हाइटमा रहेको पूर्वेली खाद्यान्न स्टोर, अर्याल मिनीमार्ट, क्षितिज स्टोरमा म्याद नगेका, लेबल नभएका हर्लिक्स, बिस्कुट, कोक जस्ता सामाग्री फेलापारी नष्ट गरेको छ । त्यस्तै अन्य विभिन्न पसलहरूले मूल्यसुची नराखेको, खाद्य र अखाद्यसँगै राखेको फेलापरी आवश्यक सुझाव तथा निर्देशन दिइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ८, २०७४  १९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro