site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उपत्यकाभित्रका सडकमा ट्राफिक लाईट राख्ने कुरा कथा जस्तै भएको बताएका छन् । 

आईतबार प्रहरी क्लबमा ट्राफिक मेट्रो एफएमको ५औं वार्षिकोत्सवमा प्रहरी प्रमुख अर्यालले काठमाडौं उपत्यकाको ट्राफिक समस्या दिनानुदिन बढ्दै गएको भन्दै सडकको भौतिक संरचनाका कारण अहिले सडक अस्तव्यस्त भएको बताए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

कार्यक्रममा आईजीपी अर्यालले भने, “सडकमा भएका ट्राफिक लाईट बन्नेहो भने ५० प्रतिशत ट्राफिक जाम हट्छ, जुन कुरा म ट्राफिक प्रमुख भएर महाशाखा आएदेखि उठाएको थिएँ, वर्ष भन्दा बढी भयो, अब त कथा जस्तै लाग्न थाल्यो,” आईजीपी अर्यालले भने । 

“सडकमा सवारी साधन दिनदिनै थपिँदै गएका छन्, सडकको भौतिक संरचना भने बिग्रँदै गएको छ,” आईजीपी अर्यालले भने, “खै त्यसमा जिम्मेवार निकाएको ध्यान ? खाली चालक र पैदलयात्रुलाई मात्र दोषी ठान्ने ?,” आईजीपी अर्यालले भने, “सडकमा जमेको पानीको निकासको प्रयास गर्दा गर्दै ट्राफिकका पाखुरा सुकेका छन्, कतिसम्म यस्तो रहने, खै त्यसमा जिम्मेवार निकाएको नजर ?”

Royal Enfield Island Ad

काठमाडौं उपत्यकामा भएको सडकको भौतिक संरचना अत्यन्तै नाजुक भएकाले बेलैमा नसोचे झनै समस्या पैदा हुने बताए ।

उनले ट्राफिक प्रहरी कानुन कार्यान्वयन गराउने निकाय मात्रै भएपनि अन्य काममा बढी व्यस्त हुनुपरेको बताए ।

“ट्राफिक प्रहरी कानुन कार्यान्वयन गराउने निकाय मात्र हो । तर उसले सडकमा जमेको पानी निकाल्ने र विग्रेका भौतिक संरचनाको पनि जिम्मेवारी लिनुपर्नेछ,” उनले भने, “त्यसतर्फ जिम्मेवार निकायको ध्यान जान सकेन । यस्तो अवस्था कहिलेसम्म रहने ? यस्तो काम गर्ने प्रहरीको मुल्यांकन संगठनले अवश्य गर्नेछ । ट्राफिकका पीडा मैले देखेको छु र भोगेको पनि छु । त्यसैले समस्याप्रति म सचेत छु ।”


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ८, २०७४  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro