काठमाडौं । पर्सामा मंगलबार साँझ ५० थान गोलीसहित २ जना पक्राउ परेका छन् ।
मंगलबार साँझ पर्सागढी गाउँपालिका वडा नम्बर १ निवासी ५५ वर्षीय क्षेत्री चौधरी र सोहि गाउँका मोटरसाईकल चालक २१ वर्षीय रामकिशुन चौधरी ५० थान गोलीसहित पक्राउ परेका हुन् । पर्साको मनवा र रंगपुरटाँडीको बीचमा शंकास्पद व्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा शंकास्पद गतिविधि देखाएपछि आलुको बोरा खोतल्दा ४५ प ९१९६ नम्बरको मोटरसाईकलमा बोरा भित्रै गोली राखि भारतबाट नेपालको ग्रामिण क्षेत्रमा लैजादै गर्दा क्षेत्री र चांैधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिए ।
गोलीसहित पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । घटनाबाट थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गिरीले बताए ।