site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
SkywellSkywell

काठमाडौं । अर्थतन्त्रका चार प्रमुख क्षेत्रमा हुने प्रभावले मात्रै मुलुकको आर्थिक विकास र वित्तीय अवस्था निर्धारण गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष ०७३÷०७४ को ११ महिनाको समष्टिगत आर्थिक तथा वित्ती परिदृष्य सार्वजनिक गर्दै मौसम, सरकारी वित्त, राजनैतिक र वित्तीयसहितका चार क्षेत्रहरुमा हाल विकसित परिस्थितिले आगामी अवधिमा मुलुकको आर्थिक तथा वित्तीय स्थितिको निक्र्याैल गर्ने बताएको छ । 

Dabur Nepal
NIC Asia

चालु आवमा सरकारले ७.२ प्रतिशत आर्थिक वृद्धि लक्ष्य लिएको छ । अनुकुल मौसम, स्थानिय तहमा आर्थिक गतिविधि बढ्ने, स्थानिय तहमा स्रोत र साधनको समुचित प्रयोग र वित्तीय अवस्थामा सुधार आई सन्तुलित हुदै गएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

हालसम्म मनसुनी वर्षा अपेक्षा गरेको भन्दा कम रहेको स्थिति छ । दक्षिण एशियाली जलबायु फोरमकाअनुसार नेपालमा चालु मनसुन अवधिमा मिश्रित खालको वर्षा हुने सम्भावना रहेको छ । देशको पूर्वी क्षेत्रमा औसत नजिक, मध्य क्षेत्रमा औसत तथा मध्य तथा सुदूरपश्चिम क्षेत्रमा औसत भन्दा कम वर्षा हुने देखिएको राष्ट्र बैंकले जनाएको छ । आगामी अवधिमा हुने वर्षाको प्रवृतिले कृषि उत्पादनमा मुख्य भूमिका खेल्ने र यसबाट आर्थिक वृद्धिमा प्रभाव पार्न सक्ने औल्याएको छ । 

संवैधानिक व्यवस्थाअनुसार तोकिएकै समयमा प्रस्तुत भएको चालु आवको बजेट अपेक्षाकृत बढेको छ । विस्तारित बजेटको आकारबाट आर्थिक वृद्धिको गतिलाई दिगो बनाउन मद्दत मिल्ने देखिन्छ । बजेटले स्थानीय तहको लागि यथेष्ठ वित्तीय स्रोतको व्यवस्था गरेकाले मुलुकभरी नै आर्थिक गतिविधि चलायमान हुने अनुमान केन्द्रीय बैंकको छ ।

स्थानीय तहको पहिलो तथा दोस्रो चरणको निर्वाचन सम्पन्न भएकोले राष्ट्रव्यापी रुपमा आर्थिक गतिविधि चलायमान बनाउन उपलब्ध साधनहरुको समुचित उपयोग हुने अपेक्षा राष्ट्र बैंकको छ । 

पछिल्लो समयमा वित्तीय असन्तुलनमा सुधार र खास गरी तरलतामा देखिएको उल्लेख्य वृद्धिका कारण मध्यमकालीन ब्याजदर सन्तुलित अवस्थामा फर्किने देखिएको छ । विदेश जाने कामदारको संख्यामा कमी आएपनि विप्रेषण आप्रवाह सुदृढ अवस्थामा रहेको र प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भइरहेकाले वित्तीय अवस्था सहज हुँदै जाने संभावना बढेको राष्ट्र बैंकको अनुमान छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७४  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu