अर्थ व्यवसाय
काठमाडौं । चुक्तापुँजी बढाउन नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउन बैंकले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनका लागि बैंकले भदौ १६ गते १९ औ वार्षिक साधारणसभा बोलाएको छ । ४ वटा विकास बैंकलाई खरिद गरेको बैंकले थप पुँजी जुटाउन हकप्रद निष्कासनको तयारी गरेको हो ।
यसअघि बैंकले इन्फास्टक्चर, एपेक्स, सुप्रिम र इन्टरनेसनल डेभलपमेन्टलाई गाभेपछि चुक्तापुँजी ४ अर्ब ६७ करोड ९० लाख रुपैयाँ छ ।
प्रकाशित मिति: बुधबार, असार २८, २०७४ १४:०१
प्रतिक्रिया दिनुहोस्