राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अनेरास्ववियूले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
अनेरास्ववियूद्वारा शुक्रबार घोषित तेस्रो चरणका आन्दोलनका कार्यक्रममा यसैदिन काठमाडौंको सहिद पार्कमा श्रद्धाञ्जलि सभा तय गरिएको छ । मन्त्रीहरुलाई सार्वजनिक बहिष्कार गर्ने, मन्त्रीहरुका गाडी चल्न नदिनेदेखि प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउनेलगायतका विभिन्न कार्यक्रम तय गरिएको छ ।
अनेरास्ववियूले यसअघि पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रम सम्पन्न गरिसकेको छ ।
फाइल तस्बिर ।
प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७ ११:१२
प्रतिक्रिया दिनुहोस्