site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ग्लोबल आईएमई बैंकले कमायो दुई अर्ब ३१ करोड नाफा, स्प्रेड रेट तोकेभन्दा माथि 
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनता बैंक र ग्लोबल आईएमई बैंक मर्जपछि बनेको ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक मुनाफासहितको वित्तीय विवरण प्रकाशित गरेको छ ।

आम्दानीको मुख्य स्रोत खुद ब्याज आम्दानीसँगै शुल्क तथा कमिसन आम्दानीमा वद्धि हुँदा ग्लोबल आईएमई बैंकको मुनाफा उल्लेख्य रुपमा बढेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई अर्ब ३१ करोड ५१ लाख १८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्ष २०७६/०७७ को सोही अवधिकोभन्दा ३७.३२ प्रतिशतले बढी हो । बैंकले गत आथिक वर्षको यही अवधिकमा एक अर्ब ६८ करोड ५९ लाख आठ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

बैंकले पुस मसान्तसम्ममा चार अर्ब ७७ करोड १८ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिकोभन्दा ३४.४७ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा बैंकले तीन अर्ब ३४ करोड ८६ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, समीक्षा अवधिमा बैंकले ८० करोड १८ लाख ८१ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गर्दा सम्भावित कर्जा नोक्सानीबापतको व्यवस्थाको लागि गरेको प्रोभिजन रकम घटेर २९ करोड ७८ लाख २६ हजार हजार कायम भएको छ । जसले गर्दा  पुस मसान्तमा बैंकको खुद सञ्चालन आम्दानी पाँच अर्ब ६५ करोड ९३ लाख १६ हजार रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले खुद शुल्क तथा कमिसन आम्दानी ६९ करोड ५९ लख ९४ हजार रहेको थियो भने बैंकले सम्भावित कर्जा जोखिमबापतको व्यवस्थाको लागि ४१ करोड ३३ लाख ५२ हजार प्रोभिजन गरेको थियो  । जसले गर्दा बैंकको खुद सञ्चालन आम्दानी ४ अर्ब १५ करोड ५५ लाख ३९ हजार रहेको थियो ।

समीक्षा अवधिमा बैंकले कर्मचारी र अन्य प्रशासनिक खर्चपछि तीन अर्ब २३ करोड ७६ लाख ६६ हजार सञ्चालन मुनाफा आजर्नन गरेको छ । जसबाट ९६ करोड ८९ लाख ३२ हजार कर बुझाउँदा बैंकले चार करोड ३३ लाख १४ हजार डिफर्ड ट्याक्स रहेको छ ।

Global Ime bank

बैंकले समीक्षा अवधिमा उल्लेख्य रुपमा व्यवसाय विस्तार गर्दा आम्दानी पनि बढेको हो । बैंकले पुस मसान्तमा दुई खर्ब ३४ अर्ब ४१ करोड २३ लाख २५ हजार निक्षेप संकलन गरेर एक खर्ब तीन अर्ब ७८ करोड ९७ लाख ६७ हजार कर्जा लगानी गरेको छ । गत असार मसान्तमा बैंकले दुई खर्ब १२ अर्ब ३१ करोड ५३ लाख ८५ हजार निक्षेप संकलन गरेर एक खर्ब ९० अर्ब ३३ करोड ६८ लाख ५३ हजार रुपैयाँ कर्जा लगानी गरको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा बैंकले १०.४१ प्रतिशतले निक्षेप बढाउँदा ७.०७ प्रतिशतले कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५.३१ प्रतिशत रहेको बैंकको स्प्रेड रेट समीक्षा अवधिमा ४.६९ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई ४.४ प्रतिशत स्प्रेड रेट तोकेकोमा मर्जरमा जाने बैंकलाई ४.५ प्रतिशतसम्म स्प्रेड रेट कायम गर्ने छुट दिएको छ । तर, पुस मसान्तमा बैंकको स्प्रेड रेट तोकेभन्दा बढी रहेको देखिन्छ ।

यस्तै, बैंकको आधार ब्याजदर ९.६४ प्रतिशतबाट घटेर ६.७६ प्रतिशत कायम हुँदा कोभिड प्रभावले निष्कृय कर्जा बढेको छ । गत वर्षको सोही अवधिमा १.२० प्रतिशत रहेको निष्कृय कर्जा समीक्षा अवधिमा १.७२ प्रतिशत कायम भएको छ । बैंकको सीसीडी रेसियो ७३.६४ प्रतिशत र पुँजीकोष अनुपात १२.६५ प्रतिशत रहेको छ ।

२१ अर्ब ६३ करोड २५ लाख तीन हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा सात अर्ब ७० करोड ८ लाख २१ हजार र सेयरधनी सञ्चित कोष (रिटेन अर्निङ) मा एक अर्ब ५२ करोड १० लाख ३८ हजार रहेको छ । पुस मसान्तसम्म बैंकले एक अर्ब ८४ करोड २८ लाख ६१ हजार वितरणयोग्य मुनाफा आर्जन गरेको छ । बैंकले रेगुलेटरी रिजर्भमा २१ करोड ६६ लाख ३१ हजार र क्यापिटल रिडेमसन रिजर्भमा १६ करोड ९६ लाख ७३ हजार छुट्ट्याएको छ ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ  १४२ रुपैयाँ ६३ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात १५.८४ गुणा रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय