देश
सप्तरी । सप्तरीमा बालविवाह गर्ने/गराउने कार्यमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिका–१४, रामपुरमा बालविवाह गर्ने/गराउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका–३ बस्ने बेहुला, ४३ वर्षीय विनोद सुतियार, विवाह गराउने कार्यमा संलग्न सोही ठाउँ बस्ने ६७ वर्षीय रामेश्वर शर्मा र बेहुलीकी ४५ वर्षीया आमा रहेका छन् ।
प्रहरीचौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रतीकात्मक तस्बिर ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७ १२:३४
प्रतिक्रिया दिनुहोस्