दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सन्की शासक भएको आरोप लगाएका छन् ।
शनिबार दाङको तुलसीपुरमा जिल्लास्तरीय अगुवा कार्यकता भेलालाई सम्बोधन गर्दै उनले ‘मैले जे गरे त्यही विधि, संविधान र कानुन भन्ने सन्की शासकका रुपमा ओली प्रस्तुत भइरहेको’ आरोप लगाए ।
प्रधानमन्त्री ओलीलाई कसैको सुझाव र आलोचनभन्दा प्रशंसा मात्र चाहिने भन्दै नेता नेपालले ओली समूहलाई गुटको संज्ञा दिए ।
नेता वर्षमान पुनले पार्टीमा देखिएको विवाद पद र प्रतिष्ठाको नभइ विचारको लडाइँ भएको बताए । उनले प्रधानमन्त्री ओलीले गएको जेठमै विघटन गर्न लागेको प्रतिनिधिसभालाई आफूहरुले नै तानेर पुस ५ गतेसम्म ल्याएको बताए ।
नेता युवराज ज्ञवालीले ओली कम्युनिस्ट नभइ कम्युनिस्टको खोल ओडेको व्यक्ति भएको आरोप लगाए ।