site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लक्ष्मी लघुवित्तको बचत तथा ऋणको किस्ता ई–सेवाबाट भुक्तानी गर्न सकिने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सदस्यहरूले अबदेखि आफ्नो ऋणको किस्ता तथा बचत रकम ई–सेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् ।

ई–सेवाले ग्रामीण भेगमा रहेका लघुउद्यमीलाई पनि डिजिटलाइज गर्ने उद्देश्यले लघुवित्त कम्पनीको भुक्तानीलाई ई–सेवामा आबद्ध गर्दै लगेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा ई–सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र लक्ष्मी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले हस्ताक्षर गरे ।

ई–सेवा एकाउन्ट भएका सदस्यहरूले आफ्नो मोबाइलबाटै नियमित किस्ता तथा बचतको रकम भुक्तानी गर्न सक्नेछन् भने ई–सेवा एकाउन्ट नभएका सदस्यले नजिकको ई–सेवा जोन, पोइन्ट तथा ई–सेवाअंकित एजेन्टबाट भुक्तानी गर्न सक्नेछन् ।

Global Ime bank

योसँगै लघुवित्तका सदस्यहरुले ऋणको किस्ता तिर्न नगद बोकेर लघुवित्तको कार्यालय पुग्नुपर्ने समयको बचत हुनुको साथै अन्य खर्चमा समेत कटौती हुनेछ । सुरुको तीन महिना लक्ष्मी लघुवित्तको रकम भुक्तानी गर्दा कुनै शुल्क लाग्ने छैन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय