site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निर्माण सामग्री अभावले सडक निर्माणमा बाधा
SkywellSkywell

काठमाडौं । सरकारले अवैधरूपमा उत्खनन् गरिरहेको ढुंगाखानी बन्द गरेसँगै देशभरका विभिन्न स्थानको सडक निर्माणमा त्यसको असर परेको छ ।

काठमाडौं उपत्यकालगायत देशभरका विभिन्न सडक निर्माण अवरुद्ध बन्न पुगेको सडक विभागले जनाएको छ ।

निर्माण सामग्रीको समस्या समाधानका लागि पहल भइरहेको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । उनले निर्माण सामग्री कुन–कुन स्थानमा र कसरी निकाल्ने भनी कार्यविधि बनिरहेको बताए । उनले भने, ‘‘त्यो आएपछि मात्रै सडक निर्माण सञ्चालन हुनसक्छ ।’’

Dabur Nepal
NIC Asia

निर्माण सामग्रीको अभाव झन्डै दुई महिनापहिले सुरु भएको हो । निर्माण सामग्री अभावले काठमाडौं उपत्यकाका विस्तारित र निर्माणका क्रममा रहेका सडक अवरुद्ध बनेको विभागले जनाएको छ ।

कतिपय सडक पुससम्ममा सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण सामग्री नहुँदा नसकिने अवस्था आएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

काठमाडौं उपत्यकामा मात्रै ढुंगाखानी बन्द भए काभ्रेपलाञ्चोक वा धादिङको विकल्प खोज्न सकिने भए पनि देशभर ठप्प भएकाले निर्माण अघि बढाउन नसकिएको आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिए । उनले भने, ‘‘एक–दुई हप्तामा सकिने काम पनि उसै रहेको छ ।’’

लामो समयसम्म कोभिड–१९ को संक्रमणका कारण सडक निर्माणमा असर गरेकामा संक्रमण कम हुँदै गर्दा देशभर निर्माण अघि बढिरहेको थियो ।

गत आवमा नै सम्पन्न गर्ने लक्ष्य राखिएका सडकमध्ये कतिपय कोभिडकै कारण सम्पन्न हुन सकेनन् । अहिले ती सडकको निर्माण अघि बढाइएको भए पनि निर्माण सामग्री अभावको समस्या थपिएको छ । निर्माण सामग्रीको अभाव राष्ट्रिय राजमार्गदेखि स्थानीय सडक निर्माणमा समेत पर्न थालेको देख्न सकिन्छ । रासस

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro