site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

यांगुन । म्यानमारको उत्तरी राखिम प्रान्तमा उच्च सुरक्षा सतर्कता बढाइएको समाचार छ । पछिल्लो समयमा यहाँ हिंसात्मक आक्रमण बढ्दो मात्रामा रहेको र नागरिक हताहतिका घटना बढेकाले सो सतर्कता बढाइएको बताइएको छ । 

उक्त क्षेत्रमा पछिल्ला केही दिनयता सुरक्षाकर्मी र सर्वसाधारणको हत्या भएको छ । हत्याको क्रम प्रतिदिन बढ्दो रहेको गृह प्रशासनले जनाएको छ । 

उक्त क्षेत्र म्यानमारमा हिंसा जारी रहेको क्षेत्र हो । त्यहाँ अल्पसंख्यक मुस्लिम तथा अरु पनि केही जातीय द्वन्द्व गरिरहेका समूहले कैयौँ बर्षयतादेखि हिंसा मच्चाइरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

राखिम क्षेत्रमा गएको दुई हप्ताभित्रमा छ जना सर्वसाधारण मारिएका छन् । त्यस्तै अरु तीनजना हराइरहेका छन् । त्यसैगरी सो क्षेत्रमा दुई जना प्रहरी पनि मारिएका छन् । 

हिसंसात्मक विद्रोह गरिरहेको जातीय समूहले पुनः हिंसा मच्चाउन लागेको आशंकामा म्यानमारको उत्तरी राखिम क्षेत्रमा ब्यापक मात्रामा प्रहरी सक्रियता बढाइएको समाचारमा जनाइएको छ । 

Global Ime bank

गृह मन्त्रालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । त्यस क्षेत्रमा आतङ्ककारी क्रियाकलापहरुमा पनि बृद्धि भइरहेको सूचना प्रहरीले प्राप्त गरेको छ । 

राखिमका केही स्थानमा सशस्त्र आक्रमणका लागि तयारी भैरहेको तथा तालिम समेत दिने गरेको सूचना प्राप्त गरेकोले यो पछिल्लो सुरक्षा सतर्कता अपनाइएको उक्त बिज्ञप्तिमा उल्लेख गरिएको छ । 

गएको छ महिनामा मात्र सो क्षेत्रमा ४० जनाको ज्यान गएको छ । साथै अरु २२ जना हराइरहेका छन् । उनीहरु पनि मारिएको आशंका प्रहरीले गरेको छ । 

सरकारले ती विद्रोहीलाई वार्ताका लागि आह्वान गरेको थियो । गत वर्ष उनीहरुले वार्ताका लागि भन्दै युद्धविराम पनि गरेका थिए । तर वार्ता सफल हुन सकेन । 

सरकारले यहाँका अरु केही जातीय अधिकारवादीहरुसँग वार्ता गरिरहेको छ । तर उनीहरुका मागको सम्बोधन हुने लक्षण भने नदेखिएको विद्रोहीहरु बताउँछन् । रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १९, २०७४  ०१:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement