site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दुई मन्त्रीको एक स्वर- विकासका काममा ढिलाइ गर्ने छुट छैन
Siddhartha BankSiddhartha Bank

काठमाडौं । भौतिक योजना तथा यातायातमन्त्री वसन्त नेम्वाङ र सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले चन्द्रागिरि नगरपालिकाको विकास निर्माणको योजनाको अवलोकन गरेका छन् । दुवै मन्त्रीले शुक्रबार निर्माणाधीन अवस्थामा रहेको तीनथाना र कीर्तिपुर जोड्ने निर्माणाधीन पुल र चन्द्रागिरि नगरपालिका १५ मा निर्माणाधीन भेराडिल खाइके साकुरा पार्कको अवलोकन गरेका हुन् ।

अवलोकनको क्रममा मन्त्रीद्वयले एक वर्षदेखि सुस्त भइरहेको तीनथाना-कीर्तिपुर जोड्ने पुलको निर्माण द्रुत गतिमा गर्न निर्देशन दिए । सो अवसरमा निर्माण कम्पनीका प्रतिनिधि र आयोजनाका इन्जिनियरले यो वर्षको अन्त्यसम्ममा पुलको निर्माण भइसक्ने जानकारी गराए ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्री नेम्वाङले कुनै पनि बहानाबाजी नगरी यो वर्षको अन्त्यसम्मका शिलान्यास गर्ने गरी तयार गर्न निर्देशन दिएका थिए । सहरी विकासमन्त्री श्रेष्ठले पनि नयाँ वर्षसँगै पुलको शिलान्यास भइसक्नेगरी तयार गर्न निर्देशन दिए । “२०७८ सालअघि उद्घाटन गर्ने गरी द्रुतगतिमा काम गर्नुस् । कामदार कम देखिएको छ, जुनसुकै हालतमा यो वर्ष नकटाउनुस्,” निर्देशन दिने क्रममा मन्त्री श्रेष्ठले भने ।

पार्कको अवलोकन गर्दै मन्त्रीद्वयले भिरालो र डरलाग्दो स्थानमा पार्क निर्माण गरेर वडा र स्थानीयले साहसी काम गरेको बताए । भिरालो र पहिरो जाने क्षेत्रलाई व्यवस्थित गरी २७ रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्क चन्द्रागिरि नगरपालिका १५ को गौरवको योजना भित्र पर्छ । पार्कको बारेमा जानकारी गराउँदै वडाध्यक्ष उत्तमबहादुर रावतले पार्कको गुरुयोजना तयार गरी थप विकास गर्नुपर्ने बताए । उनका अनुसार पार्कमा जापानबाट ल्याइएको ५० वटा साकुरा फूलका बोट छन् ।

Global Ime bank

पार्कभित्र जिपलाइन, स्पाइरल स्टेयर, थियटर, मिनी रेललगायत मनोरञ्जनका सामाग्री तयारी गर्ने काम अघि बढाइएको छ । 

सोही अवसरमा विष्णुदेवी मन्दिरको विकास निर्माण र गुरुयोजनाको विषयमा छलफल गर्न सहरी विकास मन्त्रालयका सचिव र उच्च स्तरीय टोलीसहित विष्णुदेवी मन्दिर परिसर पुगेका मन्त्री श्रेष्ठले ऐतिहासिक विष्णुदेवी मन्दिरको गुरुयोजना तयार गरी विकास निर्माणको कामलाई अघि बढाउनुपर्ने बताए । खोलाको दोभान, घाट, बाँध निर्माणलगायत विषय समेटेर गुरुयोजना बनाइ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री श्रेष्ठले तीनथाना गढी र बुद्धपार्कको निरीक्षण गरी सबै क्षेत्रलाई व्यवस्थित रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । अवलोकन भ्रमणमा सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंह, वाग्मती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अधिकृत नवराज प्याकुरेलसहितको मन्त्रालयको उच्च स्तरीय टोली सहभागी भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय