site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
१०८ तहको प्रारम्भिक नतिजा आउँदा कसको कति अग्रता ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । बुधबार निर्वाचन सम्पन्न ३ सय ३४ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा मतगणना शुरु भएको छ । हालसम्म मतगणना सार्वजनिक भएका १०८ तहको प्रारम्भिक मतपरिणाम अनुसार ४७ मा कांग्रेसले अग्रता लिएको छ ।

त्यसैगरी एमालेले ३४, माओवादीले १८ तथा फोरम लोकतान्त्रिकले ३ स्थानमा अग्रता कामय राखेको छ भने राप्रपाले पनि १ स्थानमा अग्रता लिएको छ । यता संघीय समाजबादीले ३ स्थानमा अग्रता लिएको छ भने धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उमेदावर गोपाल हमालले अग्रता लिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश नं १ मा कांग्रेसले १७ तहमा अग्रता लिएको छ भने एमालेले ११ स्थानमा अग्रता कायम गरेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ५ स्थानमा अग्रता लिएको छ । प्रदेश नं ५ मा कांग्रेसले १७, एमालेले १२ र माओवादी केन्द्रले ८ तथा संघीय समाजवादी फोरमले ४ तथा फोरम लोकतान्त्रिकले ४ स्थानमै अग्रता लिएको छ ।

प्रदेश नं ७ मा कांग्रेसले १३ तह, एमालेले ११ र माओवादी केन्द्रले ५ स्थानमा अग्रता लिएको छ । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उमेदवार गोपी हमालले अग्रता लिएका छन् । अन्य स्थानमा पनि प्रारम्भिक नतिजा आउन सुरु भएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १५, २०७४  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC