site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
साहित्यकार रमेश विकलको सालिक अनावरण 
SkywellSkywell

काठमाडौं । साहित्यकार रमेश विकलको ९२औं जयन्तीको अवसर पारेर  आख्यानकार विकलको पूर्ण कदको सालिक अनावरण गरिएको छ । शनिबार आरूबारीस्थित रमेश विकल साहित्य प्रतिष्ठानको प्राङ्गणमा उक्त सालिक अनावरण गरिएको हो । 

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले साहित्यकार विकलको सालिक अनावरण गरे । गोकर्णेश्वर नगरपालिकाको १५ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्मित उक्त सालिक कलाकार लक्ष्मण भुजेलले बनाएका हुन् ।

Dabur Nepal
NIC Asia

कार्यक्रममा नगर प्रमुख चालिसेले साहित्यिक विकासका लागि नगरपालिकाले गर्दैआएको बताए । उनले आउँदा दिनमा पनि नगरपालिकाभित्र रहेका साहित्यिक संघ संस्थाहरूको सुदृढिकरणका लागि सहयोग जारी राख्ने बताए । 

रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यिक पत्रकार रोचक घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष के.के कर्माचार्य, डा. विदुर चालिसे, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, शान्ति रिसाल, महेन्द्र चालिसे, विमल अर्याललगायतले नेपाली साहित्यमा विकलको योगदानको विषयमा चर्चा गरे । 

प्रतिष्ठानका महासचिव विजय चालिसेले साहित्यसँगै संगीत, चित्रकला तथा समाजसेवामा स्थापित रमेश विकलको स्मृतिलाई चीरस्थायी बनाउन नै यस प्रतिष्ठान स्थापना गरिएको उल्लेख गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  २१:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu