site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नारद पोखरेलको उपन्यास ‘उर्वरा’ लोकार्पित

काठमाडौं । उपन्यासकार नारद पोखरेलको नयाँ औपन्यासिककृति ‘उर्वरा’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, कथाकार माया ठकुरीले उक्त कृति लोकार्पण गरे ।

उपन्यासमार्फत लेखकले प्रयोगसहित नयाँ सन्देश दिन खोजेको बताउँदै शर्माले सफलताको शुभकामना दिए । कथाकार ठकुरीले शुभकामना दिँदै एउटा सर्जकले साहित्यका माध्यमबाट आफूलाई अभिव्यक्त गर्ने बताइन् ।

कृतिमाथि पाठकीय टिप्पणी गर्दै अनुपमा रेग्मीले कुनै पनि उपन्यासलाई महाकाव्य बोकेको विधा भन्न मिल्ने बताइन् । उनले ‘उर्वरा’ आदर्शवादी उपन्यास भएको बताइन् । उनले भनिन्, “उपन्यास पठनीय बनेको छ । यस कृतिमा पाठकले आख्यानात्मकता प्रचुर मात्रामा पाउँछन् ।”

उपन्यास समाजका अध्यक्ष शंकर भारतीले ‘उर्वरा’ले ५० वर्षअघिको र आजको समयलाई जोड्ने काम गरेको बताए ।

उपन्यासकारका भाइ भेषराज पोखरेलले आफ्नो सारा परिवार साहित्यनिकट रहेको सुनाए । दाजुको स्वभाव खरो भए पनि उपन्यासमा पाठकले कोमलता भेट्ने उनले बताए ।

कृतिकार पोखरेलले उपन्यास जीवनजगत्को अभिलेख भएको बताउँदै साहित्यकार बीपी कोइरालासँगको छोटो सानिध्यले आफूलाई यसमा लाग्न प्रेरित गरेको बताए ।

कार्यक्रममा समाजका संरक्षक पवन आलोक, साहित्यकार विधान आचार्य, गीतकार संघका अध्यक्ष वसन्त थापा, माधव विडारीलगायत व्यक्तिले बोलेका थिए ।

पोखरेलको यो चौथो उपन्यास हो । उनले यसअघि ‘नयाँ बाटो’, ‘सिर्जना’ र ‘प्रतिघात’ उपन्यास बजारमा ल्याइसकेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro