site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विवेकशील नेपाली दलमा एकीकरणका लागि मतसंग्रह
Siddhartha BankSiddhartha Bank

काठमाडौं । विवेकशील नेपाली दलको विधानअनुरूप सहभागितामूलक लोकतन्त्रको व्यवहारिक अभ्यास गर्दै साझा पार्टीसँग एकीकरणसम्बन्धी प्रस्तावमा मतसंग्रहको मतदान प्रक्रिया पूरा भएको छ।

विवेकशील नेपाली दल र साझा पार्टीका संवाद समितिले दुई दलबिचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’ गत कात्तिक ५ गते संघीय समितिको बैठकले सदस्यहरूकहाँ छलफलका लागि पठाएको थियो । 

Agni Group
NIC Asia

यही कात्तिक २६ र २७ गते विवेकशील नेपाली दलका नेपालस्थित सदस्यहरूले एसएमएसबाट र प्रवासमा रहेका सदस्यले इमेलबाट साझा पार्टीसँग एकीकरण गर्ने (एस) कि नगर्ने (नो) भनी मतदान गरेका थिए । मतसंग्रहको सम्पूर्ण व्यवस्थापन र संयोजन पार्टीको स्वायत्त निर्वाचन आयोगले गरेको थियो ।

विवेकशील नेपाली दलको विधानबमोजिम सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्दै सार्वभौम सदस्यहरूको दुई-तिहाइ मतले अनुमोदनपछि मात्रै एकीकरणको निर्णय पारित हुन सक्छ। यसको लागि एकीकरण, सम्मिलन तथा सहकार्यसम्बन्धी नियमावली र निर्वाचन कार्यविधि र आचार-संहिता बनाएर विधि-पद्धतिबमोजिम तयारी गरेको अध्यक्ष मिलन पाण्डेले विज्ञप्तिमार्फत जनाएका छन् ।

Global Ime bank

मत परिणाम मतदान सकिएको ४८ घण्टाभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ । वैकल्पिक सुसंस्कृत राजनीति भनेको भाषण र दस्ताबेजमा मात्र नभएर अभ्यासमा पनि सहभागितामूलक लोकतन्त्र, सदस्यहरूको सार्वभौमिकता र नागरिक केन्द्रित सङ्गठन हो भन्ने पार्टीको विश्वास रहेको पाण्डेले जनाएका छन् ।

शीर्ष नेताहरू मात्र मिलेर पार्टी एकीकरण गर्ने प्रचलनलाई तोड्दै विवेकशील नेपाली दलले आम सदस्यहरूको मतमार्फत एकीकरणको निर्णय गर्दै छ। यो मतसंग्रह एउटा दलको आन्तरिक अभ्यास मात्र नभएर नेपालको राजनीतिक इतिहासमा सदस्यहरूको सार्वभौमिकता र दलहरूभित्रको आन्तरिक लोकतन्त्रको उच्चतम अभ्यासको व्यवहारिक संस्थापनाको रूपमा इतिहासमा लिपिबद्ध हुने विवेकशील नेपाली दलले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu