site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तातोपानी नाका सञ्‍चालनमा 

रसुवा । पटकपटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी सुख्खा बन्दरगाह कोभिड १९ रोकथामका लागि स्वास्थ्य मापदण्ड अपनाइ सुचारु भएको छ । कोरोना महामारी र बाढी पहिरोको कारण पटकपटक बन्द भएको नाका बिहीवारबाट खुलेपछि नेपाल तर्फ समान आयात हुन थालेको छ ।

२०७२ सालको भूकम्पपछि लामो समय बन्द भएर खुलेको तातोपानी नाका केही समयमा नै पुनः बन्द भएको थियो । बीचमा खुलेको नाका पछिल्लो पटक कोरोना संक्रमणको जोखिमका कारण पुनः बन्द हुन पुगेको थियो । तर अहिले भने कोरोना संक्रमण रोकथामका लागि नाकामा उच्च सावधानी अपनाउँदै चिनियाँ ब्यापारीले अलपत्र परेको नेपाली ब्यवसायीका सामान नेपाल पठाउन थालेका हुन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

अहिले नेपाल तर्फको पुरानो भन्सार यार्डमा चिनियाँ कन्टेनरले नै सामान पुर्‍याउन आउने गरेको छ । तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य मापदण्डको नयाँ मोडालिटी लागु भएपछि सामान आयात सुरु भएको बताए । श्रमिकहरुलाई स्वास्थ्य मापदण्डसहित आइसोलेटेड क्षेत्रमा सामान लोड अनलोड गर्ने व्यवस्था मिलाइएको पनि प्रमुख खत्रीले बताए । 

अहिले मितेरी पुल वारीसम्म चिनियाँ कन्टेनरले सामान ल्याइदिने गरेका छन् । चिनियाँ पक्षले नेपालको पुरानो भन्सार यार्डमा सामान ल्याइदिने र त्यहाँबाट  चिनियाँ कन्टेनर फर्किएपछि मात्रै नेपाली कामदार र नेपालको कन्टेनर जाने व्यवस्था मिलाइएको छ । लामो समय नाका सञ्चालन नहुँदा स्याउ लगायतका खाद्य सामग्री आयात गर्ने व्यापारी मर्कामा परेका थिए । आफूहरुले आयात गरेको स्याउ तीन लटसम्म कुहिएको व्यापारीहरुले बताएका छन् । अब भने नाका निरन्तर खुल्नुपर्ने उनीहरुको माग छ ।

नाका सञ्चालनामा आँउदा स्थानीय बासिन्दालाई समेत रोजगारीको अवसर हुने भएकोले नाका निरन्तर खुल्नुपर्ने स्थानीय श्रमिकहरुले बताएका छन् । सामान लोड गर्ने नेपाली श्रमीकलाई क्वारेन्टाइनमा राखिएको छ भने प्रत्येक १४ दिनमा पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

नेपालतर्फका सवारी साधनहरु सामान लिन जानको लागि अनिवार्य निर्मलिकरण गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । नाका खुलेसँगै दैनिक चार देखि छ वटा कन्टेनरसम्म सामान आयात भइराखेको भन्सार कार्यालयले बताएको छ  । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७  २३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro