site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
 भारतीय सीमा बन्द भएकै बेला बढ्यो जोगबनी नाकाबाट तस्करी
SkywellSkywell

विराटनगर । सीमा नाका बन्द भए पनि भारतबाट नेपालतर्फ हुने तस्करीमा भने कमी आउन सकेको छैन । मोरङ र सुनसरीका सीमा नाकामा दसैं नजिकिएसँगै विभिन्‍न सरसामान तस्करी हुने क्रम पनि बढेको हो ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार अवैध रुपमा भन्सार छली गरी लुकाइछिपाइ ल्याएको करिब रु. ६ लाख मुल्य बराबरको लत्ता कपडा तथा खाधान्न सामग्री प्रहरीले बरामद गरेको छ । 

भारतबाट अवैध रुपमा विराटनगरको रानीस्थित सीमा क्षेत्रबाट ल्याउँदै गरेको करिब रु. ४ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाधान्‍न सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

Dabur Nepal
NIC Asia

विराटनगर १७ मटेरुवास्थित चुलिया  देबी साहको घरमा अवैध रुपमा  लुकाइछिपाइ राखेको मटरको दालको विषयमा गोप्य सूचना पाइ जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चुलिया देबीको घरमा खानतलासी गरेको हो । यसक्रममा  बिल नभएको २५ केजीको दरले १८ बोरा (४५० केजी) दाल करिब रु ३८ हजार बराबर बरामद गर्दै मूल भन्सार कार्यालय रानी दाखिला गरिएको छ । 

यसैगरी आइतबार बिहान करिब ६ बजे मोरङ विराटनगर महानगरपालिका वडा नं. ८ स्थित जय नेपाल चोकबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले सीमा नाकाबाट हुने तस्कर तथा अवैध सामानहरु चोरी निकासी नियन्त्रण गर्ने अभियानअन्तर्गत को २ ह ७६७१ नम्बरको अटो टेम्पोमा लुकाईछिपाई ल्याउँदै गरेको लत्ताकपडा बरामद गरेको छ । 

भारतीय नाकाबाट नेपालतर्फ ल्याइँदै गरेको कुर्ती सिंगल ६०८ पिस, कुर्ता सुरूवाल सेट १६५ पिस, बच्चाको पेन्ट १८ पिस, बच्चाको जामा ८ पिस बरामद भएको प्रहरीको भनाइ छ । 

टेम्पोसहित सामान कानुन बमोजिम आवश्यक कार्वाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसअघि पनि ठूलो परिमाणमा मटर दाना जहदामा बरामद भएको थियो । 

यसैगरी इनरुवा–दुहवी सडकखण्ड एरियाबाट २ लाख मूल्य बराबरको लत्ता कपडाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । विशेष सुराकका आधारमा गस्तीमा खटिएको प्रहरी टोलीले आइतबार बिहान रु. ६ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामानहरु बरामद गरेको प्रहरीको भनाई छ । 

असोजन २८ गते वडा प्रहरी कार्यालय(क) विराटनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला विराटनगरको महेन्द्र चौकमा भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली गरी प्रदेश नं.  १–०२–००२ ह ८६२१ नम्बरको अटो टेम्पुमा राखी नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडासहित एक जनालाई पक्राउ गरेको थियो । सोही दिन जतुवा नहर छेउमा भारतको जोगबनीबाट नेपालतर्फ को २ प १७१४ नं. को मोटरसाईकलमा अवैध रूपमा भन्सार छली गरी ल्याउदै गरेको रजनीगन्धा, तुलसी र कस्मेटिक सामानसहित एक व्यक्तिलाई पक्राउ गरेको थियो । 

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले सीमाबाट अहिले चाडपर्वको बेला हुनसक्ने तस्करी नियन्त्रण गर्न प्रहरीले विशेष निगरानी बढाइएको जानकारी दिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu