site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नौ लाखबराबरका भन्सार छलीका सामान बरामद
फाइल तस्बिर ।

कैलाली । कैलालीमा भन्सार छली गरी ल्याइएका नौ लाख रुपैयाँबराबरका सामान बरामद गरिएको छ । जिल्लास्थित विभिन्न स्थानमा रहेका भारतीय नाकाबाट भन्सार छली गरी ल्याइएका नौ लाख एघार हजार ११० रुपैयाँबराबरका अवैध सामान शनिबार प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार, धनगढीबाट करिब पाँच लाख पाँच हजार ७८० बराबरको किराना सामान, तामा–पित्तलका भाँडा, मिठाई, प्याज र प्लास्टिक तथा भजनीबाट दुई लाख ३० हजार मूल्यबराबरको प्याज, मोटरसाइकल र चिनी बरामद गरिएको छ ।

टीकापुरबाट एक लाख ३२ हजार ७३० बराबरको किरानाका सामान, प्लास्टिकका खेलौना, शृंगारका सामान, चिनी र प्याज, गोदावरीबाट २६ हजार ६०० बराबरको कपडा र कैलारी गाउँपालिकाबाट १६ हजारबराबरको बोइलर कुखुरा बरामद गरिएको उनले जानकारी दिए ।

बरामद गरिएका अवैध मालसामानसहित पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका निम्ति भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए । रासस

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro