site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
१२ वर्षदेखि अलपत्र विद्युत् प्रसारणको निर्माण सुरु
Siddhartha BankSiddhartha Bank

हेटौंडा । विगत १२ वर्षदेखि अलपत्र रहेको २२० के भीको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निमार्ण पुनः सुरु भएको छ । हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट गरी दुईखण्डमा निर्माण प्रसारणको काम सन्तोषजनक नभएपछि प्राधिकरणले भारतीय र चिनियाँ कम्पनीको ठेकेदार कम्पनीको सम्झौता तोडेको थियो । 

सम्झौता तोडिएको लामो समयपछि प्रसारण लाइनको निर्माण काम शुरु भएको आयोजनाका प्रमुख ईश्वरीप्रसाद जैसवालले जानकारी दिए । हेटौंडा–भरतपुर खण्डको ठेक्का भारतीय कम्पनी आइकम टेल र भरतपुर–बर्दघाट खण्डको ठेक्का चिनियाँ सेन्ट्रल पावर ग्रिड नामक कम्पनीलाई दिएको तर काममा ढिलाइ गरेपछि सम्झौता तोडिएको बताइएको छ । अहिले पनि हेटौंडा–भरतपुर खण्डमा भारतीय र भरतपुर–बर्दघाट खण्डमा चिनियाँ कम्पनीलले ठेक्का पाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आयोजना सञ्चालनका लागि विसं २०६५ मा टेक्का सम्झौता गरेर २०६६ मा प्रसारण लाइनको काम सुरु गरिएको थियो । पाँच वर्षमा निर्माण कार्य सम्पन्न गर्नपर्ने काम विगत १२ वर्षमा ५० प्रतिशत निर्माण काम मात्र भएपछि  ठेक्का सम्झौता तोडेर नयाँ सम्झौता गरिएको प्रमुख जैसवालले बताए ।   

विश्व बैंक र नेपाल सरकारको सहयोगमा निर्माण भइरहेको उक्त प्रसारण लाइनको भरतपुर–बर्दघाट खण्डका ७५ किमी लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको  आयोजनाले जनाएको छ । 

Global Ime bank

कोरोना महामारीले काममा केही सुस्तता छाएको भए पनि यस खण्डको ७५ किमी लाइनको २४६ टावरमध्ये २३० वटाको फाउण्डेशन निर्माण कार्य सकिएको छ । दुई सय १४ वटा टावर खडा गरिएको र पाँच किमी तार तान्ने काम सकिएको छ । 

अहिले पनि त्यस खण्डको दुम्कीवास र देउचुरीको मुण्डीमा स्थानीयको विभिन्न माग राखी अवरोध कायम रहेको जैसवालले बताए । नयाँ ठेक्का सम्झौता भई परिचालन भएकाले अबको दुई वर्षमा प्रसारण लाइनको बाँकी काम सम्पन्न गरिने विश्वास लिइएको छ । 

यसअघिको ठेकेदारले यो खण्डमा निर्माण हुने २२६ टावरमध्ये १७१ वटाको फाउण्डेशन  निर्माण कार्य सकिएको छ । एक सय १७ वटा टावर खडा गरिएको छ । दश किमीभन्दा बढी तार तान्ने काम सम्पन्न भएको छ । त्यस खण्डमा आयोजनाले पाँच हजार रुख काट्ने प्रक्रिया अगाडि बढाइएको उनको भर्ना रहेको छ । - रासस
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २८, २०७७  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement