site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेशसभामा एकै दिन ४ विधेयकमाथि छलफल, दुई पारित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जनकपुर । प्रदेश २ को प्रदेशसभा बैठकले सोमबार दुईवटा विधेयक पारित गरेको छ ।
 
प्रदेश पदकसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशको स्वास्थ्य सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित भएको हो । 

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रस्तुत गरेको प्रदेश पदकसम्बन्धी विधेयक र सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रस्तुत गरेको स्वास्थ्य सेवासम्बन्धी विधेयक सर्वसम्मतले पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरे ।
 
बैठकमा प्राकृतिक स्रोत तथा वातावरण समिति सभापति रामचन्द्र मण्डलले प्रदेश वन विधेयक २०७७ उपर दफावार छलफलपछि तयार गरिएको प्रतिवेदन सभामा पेस गरेका छन् ।

त्यस्तै, पूर्वाधार विकास अध्ययन विशेष समितिका अध्यक्ष परमेश्वर साहले प्रादेशिक दुग्ध विकास बोर्ड स्थापना तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७६ उपर दफावार छलफलपति तयार गरिएको प्रतिवेदन पेस गरे ।
 
कोभिड १९ को प्रकोपको कारण लामो समयदेखि अवरुद्ध रहेको प्रदेशसभा बैठक आइतबारदेखि सुचारु भएको हो । सोमबार एकै दिन दुईवटा विधेयक पारित गरेपछि सभामुख यादवले अर्को बैठक मंगलबार दिउँसो एक बजे आह्‍वान गरेका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय