काठमाडौं । बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्र्याएको छ । यसमा रोडस्टर डिजाइनको हेडल्याम्प छ र एलईडी डीआरएलका साथ यसले दिर्घकालिन छाप सृजना गर्दछ । यसमा शहर र हाईवेका लागि सहज गतिशीलता प्रदान गर्न स्ट्रीट कन्ट्रोल ह्यान्डलबारहरु पनि रहेको कम्पनीले जनाएको छ ।
यो १६० सीसी डीटीएस—आई इन्जिनद्वारा संचालित छ । जसले १६०ः१५ पीएस पावर र १३.५ एनएम टर्क उत्पादन गर्दछ । यसले ५—स्पीड म्यानुअल ट्रान्समीसन पनि प्रयोग गर्दछ । सुरक्षाका लागि बजाज एभेन्जर स्ट्रीट १६० अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडि भागमा १३० एमएम ड्रम ब्रेक छ । ब्रेकका इकाईहरु मानकको रुपमा एकल च्यानल एबीएससंगै रहेको जनाइएको छ ।
नयाँ एभेन्जर स्ट्रीट १६० स्पाईसी रेड र इबोनी ब्ल्याक कलर भेरियन्टमा शुरुवाती मुल्य ३ १९ हजार ९०० मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।