site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जनता खाद्य संकटमा, जहाज मदिरा ढुवानीमा

बाजुरा । जिल्लाको पूर्वीउत्तरी भेगको कोल्टी क्षेत्रमा खाद्य संकट भएको दुई महिना वितिसक्दा पनि चामल ढुवानी हुन सकिरहेको छैन । 

खाद्य संकट समाधानका लागि चामल ढुवानी गर्नुपर्नेमा जहाज चार्टर गरेर मदिरा ढुवानी भइरहेको छ । कोराना संकटको समयमा मदिरा तथा सूर्तिजन्य पदार्थ ढुवानीमा रोक लगाएको भएपनि कोल्टी एयरपोर्टमा भने खुलमखुल्ला मदिरा ढुवानी भइरहेको छ । 

कोल्टी विमानस्थलमा दैनिक सात वटा जहाजले उडान भर्ने गरेका छन् । तीमध्ये तीन-चार उडानमा मदिरा नै आउने गरेको बाजुरा नागरिक उडड्यन कार्यालयका निमित्त प्रमुख प्रसाद पौडेलले बताए । संकटको यो बेलामा मदिरा नआउनुपर्ने हो तर, नेपालगञ्ज सुर्खेतबाट जहाज चार्टर गरेर मदिरा आउने गरेको उनको भनाइ छ । 

Dabur Nepal

प्रतिकेजी रु ७५ देखि एक सयसम्म तिरेर व्यापारीले जहाजमार्फत मदिरालगायत चाउचाउ, विस्कुट ढुवानी गरेर बाजुराको कोल्टीमा ल्याउने गरेको समिट एयरका कोल्टी स्टेशन प्रमुख विनोदकुमार सिंहले बताए । 

नेपालगञ्ज, सुर्खेतबाट सिता, समिट र तारा एयरले दैनिक बाजुरामा उडान भरिरहेका छन् । जहाजबाट कोल्टि चार्टर गरेर मदिरा आउने गरेको छ ।

यहाँ आएको मदिरालगायतका सामग्री विशेषगरी पूर्वीउत्तरी भेगको चार वटा स्थानीय तह, कर्णाली प्रदेशका हुम्ला र मुगु जिल्लाको स्थानीय बजारमा जाने गरेको उनले बताए । कोल्टी बजारमा मदिरा पसल गरिरहेका मङ्गल थापाले गाडीबाट मदिरा ल्याउन बाटो विग्रेको हुँदा त्यो सम्भव नभएपछि आफूहरुले जहाजबाटै मदिरा ढुवानी गर्ने गरेको बताए ।

यहाँका स्थानीय बजारमा खाद्यन्न अभाव रहेको लामो समय भएपनि समयमा चामल ढुवानी हुन सकिरहेको छैन । मदिरा भने जताततै पाइने गरेको बुढीनन्दा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदत्त न्यौपानेले बताए । 

नगरपालिकाले पटक–पटक मदिरा जहाजमा नल्याउन भनेको भएपनि निजी जहाजले नेपालगञ्ज सुर्खेतबाट मदिरा ल्याउने गरेको उनको भनाइ छ । यसबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउँदा पनि अहिलेसम्म मदिरा ढुवानी नरोकिएको उनको भनाइ छ ।

नागरिक उडड्यन कार्यालय कोल्टीका अनुसार एक महिनामा यहाँ एक सय ६० उडान भएका छन् । तीमध्ये ६० प्रतिशतभन्दा बढी उडानमा मदिरा नै ढुवानी भएको कार्यालयले जनाएको छ । ती उडानबाट ९७ हजार ३ सय ४ केजी सामान ढुवानी भएको र तीमध्ये धेरै मदिरा रहेको कार्यालयको दाबी छ । 

बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले मदिरा ढुवानीलाई निरुत्साहित गर्न बाँके र सुर्खेतका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्ने बताए । - रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  ०६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro