site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रिलायन्स लाइफ र समाज लघुवित्तको आईपीओ बाँडफाँडको तयारी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । एकै दिनदेखि धितोपत्रको सार्वजनिक निष्कासन (आइपीओ) गरेका समाज लघुवित्त र रिलायन्स लाइफको सेयर आजै बाँडफाँड गर्ने तयारी गरेका छन् ।

रिलायन्स लाइफ इन्स्योरेन्सको बिक्री प्रबन्धक सानिमा क्यापिटलले नेपाल धितोपत्र बोर्डले अनुमति दिए आजै आईपीओ बाँडफाँडको तयारी रहेको जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यस्तै समाज लघुवित्तको बिक्री प्रबन्धक सिद्वार्थ क्यापिटलले पनि आजै आईपीओ बाँडफाँड गर्न धितोपत्र बोर्ड र सीडीएससीसँग छलफल भइरहेको जनाएको छ ।

समाज लघुवित्तको आईपीओ शनिबार बाँडफाँड गर्ने तयारी भए पनि निषेधाज्ञामा सार्वजनिक बिदा हुने भएकाले पास उपलब्ध हुने अवस्था नभएकाले आजै बाँडफाँड गर्ने तयारी गरिएको सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमल्सिनाले बताए ।

Royal Enfield Island Ad

सानिमा क्यापिटलले भने रिलायन्स लाइफको आईपीओको प्रि-अलोटमेन्ट गरेको छ । इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) मा आवेदन दिने २० हजार ५०९ जना आवेदकले सेयर नपाउने भएका छन् ।

इन्स्योरेन्सले सर्वसाधारणका लागि ५६ लाख ७० हजार कित्ता सेयर जारी गरेको थियो । उक्त आईपीओमा ५ लाख ८९ हजार ४६४ जनाले आवेदन दिएको थिए । जसमा ५ लाख ८७ हजार ५०९ जना सेयर पाउनयोग्य देखिएका छन् । बाँकी रहेका १ हजार ९५५ वटा आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । 

कुल योग्य आवेदकमध्ये ५ लाख ६७ हजारलाई गोला प्रथाबाट १० कित्ता सेयर बाँडफाँड हुनेछ भने बाँकी रहेका २० हजार ५०९ जना आवेदकको हात खाली हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro