अर्थ व्यवसाय
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको नेप्सेमा कारोबार सुरु भएको छ । बुधबार प्रि-ओपनिङ सेसनमा ३०६ रुपैयाँमा कम्पनीको सेयर पहिलो कारोबार भएको छ ।
भदौ ९ गते मंगलबार नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयरले प्रतिकित्ता १०२ रुपैयाँ ६ पैसादेखि ३०६ रुपैयाँ १८ पैसासम्मको ओपनिङ रेन्ज पाएको थियो ।
यो समाचार तयार पार्दासम्म कम्पनीको सेयरमूल्य बढेर ३३६ रुपैयाँ पुगिसकेको छ भने २ लाख १३ हजार १३६ कित्ता सेयर माग छ। तर बिक्री अर्डर भने शून्य छ ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७ ११:३०
प्रतिक्रिया दिनुहोस्