site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कस्तो किसिमको मास्क बढी प्रभावकारी हुन्छ ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

एजेन्सी । अहिले धेरै देशहरुले लकडाउन खुकुलो पारेर जनजीवन सामान्य बनाउने प्रयास गरिरहेका छन् । आवश्यक सावधानी जस्तै मास्कको अनिवार्य प्रयोग अनि सामाजिक दुरी कायम राख्न सकेमा संक्रमणको जोखिम धेरै कम हुने विज्ञहरुको सुझाव मान्दै धेरै मुलुकमा यतिबेला व्यवसाय र स्कुलहरु खुला गरिएको छ ।

यस्तोमा ड्युक युनिभर्सिटीका वैज्ञानिकहरुले विभिन्न किसिमका मास्कको प्रभावकारिता परीक्षण गरी भाइरस फैलनबाट जोगाउन कुन चाहिँ मास्क सबैभन्दा उपयुक्त हुन्छ भन्ने सम्बन्धि नयाँ जानकारीहरु हासिल गरेका हुन् । 

यो रिसर्च वास्तवमा एक प्रोफेसरले सुरु गरेका थिए । उनले समुदायमा मास्क वितरण गर्नका लागि एउटा टोलीलाई ठूलो मात्रामा मास्क खरिद गर्न भने, तर त्यसरी किनिने मास्कमा कुन सबैभन्दा प्रभावकारी हुन्छ भन्नेबारे कसैलाई पक्का थाहा नभएपछि उनले यस सम्बन्धी अनुसन्धान गर्न आवश्यक रहेको महसुस गरेका हुन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

ड्युकको फिजिक्स विभागले सञ्चालन गरेको यो अध्ययन शुक्रबार प्रकाशित गरिएको थियो ।  जसमा लेजर विकिरण र मोबाइल फोनको मद्दतले मास्क लगाएको अवस्थामा सामान्य रुपमा बोल्दा वा सास फेर्दा कुन मास्कबाट किटाणुसहितका थुकका छिटा हावामा फैलने डर हुन्छ भन्ने अध्ययन अवलोकन गरिएको छ ।

रिसर्चका अध्ययनकर्ता मार्टिन फिस्चरले भनेका छन्, “हामीले यसमा एउटा कालो बक्स र लेजर अनि विशेष किसिमको क्यामराको प्रयोग गरेका हौँ जस मार्फत अत्यन्तै सानो कण पनि सजिलै देख्न सकिनेगरि खिचेर हेर्न मिल्छ । ”  यसरी स्वास्थ्यविद्हरुले महिनौँसम्म गरेको अध्ययन अनुसन्धानपछि मास्क नै कोरोनाविरुद्ध लड्नमा सबैभन्दा राम्रो हतियार बन्न सक्ने स्पष्ट भएको हो । 

Royal Enfield Island Ad

यसकारण पनि सबैलाई प्रभावकारी मास्कको प्रयोग गर्न प्रोत्साहन गर्न अधिक जरुरी रहेको बताइएको छ ।  यसरी रिसर्चपछि वैज्ञानिकहरुले केही प्रकारका मास्क वास्तवमै काम नलाग्ने खालका पनि हुने गरेको पत्ता लगाएका हुन् ।  यसमा सबैतिर सामान्य रुपमा उपलब्ध १४ भिन्दाभिन्दै किसिमका मास्कको परीक्षण गरिएको हो जसमा प्रोफेसनल एन९५ मास्कको पनि जाँच गरिएको थियो जुन विशेषगरी स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने गरेका छन् । 

यसमा पहिले सहभागीलाई मास्क नलगाइ बोल्न लगाइएको हो र त्यसपछि फेरि एक एक गरेर सबै मास्क लगाउँदै बोल्न भनिएको थियो । प्रत्येक मास्क यसरी १० पटकसम्म परीक्षण गरिएको थियो ।  यसमा सबैभन्दा प्रभावकारी मास्क एन९५ सर्जिकल र ‘कटन’ मास्क नै रहेको पाइएको हो जुन धेरै मानिसहरुले घरमै पनि बनाउन सक्छन् । 

त्यस्तै दौडका खेलाडीहरुले लगाउने ‘गेइटर मास्क’ चाहिँ सबैभन्दा कम प्रभावकारी हुने गरेको पत्ता लागेको हो ।  यतिमात्र नभएर त्यस प्रकारको ‘फ्लिस नेक मास्क’ लगाएर सास फेर्दा मुखबाट झन धेरै थुकका छिटा निस्कने गरेको पाइएको हो । किनकि सो मास्क बनाइने कपडाले ठूलो थोपालाई ससानो बनाइ हावामा मिसाइदिन सजिलो बनाइदिने गरेको अध्ययनकर्ताहरु बताउँछन् ।  

त्यसैगरी बन्दना रुमाल पट्याएर वा बुनेर बनाइएको मास्क पनि त्यति सुरक्षित नहुने पत्ता लागेको हो । 

फिस्चरले भनेका छन्, “हामीलाई यो रिसर्चपछि सबैभन्दा आश्चर्य के लाग्यो भने, फ्लिस मास्कको प्रयोग गर्दा, मास्क नलगाए भन्दा बढी कणहरु मुखबाट बाहिर निस्कने रहेछन् । यसरी अहिले हामीले सबैलाई मास्क लगाउन सुझाव दिइरहेका छौँ तर प्रभावकारी मास्क लगाए मात्र यसले संक्रमण विरुद्ध काम गर्नेछ भन्ने सबैलाई जानकारी हुनुपर्छ । त्यसकारण नै हामीले यो अध्ययन गरेका हौँ ।” 

यो रिसर्च मानिसहरुलाई मास्क सम्बन्धी सचेत गराउन अधिक उपयोगी साबित हुने उनीहरुको विश्वास छ ।  सीएनएन  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro