site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सुनिल थापाले भने - पदका लागि कांग्रेसमा आएको होइन
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका पूर्वमन्त्री सुनिलबहादुर थापाले पदका लागि नेपाली कांग्रेसमा नआएको दाबी गरेका छन् ।

सानेपामा कांग्रेस प्रवेश गरिसकेपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले आफू कुनै पदको लोभमा कांग्रेसमा नआएको दाबी गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेता थापाले पार्टी सभापति शेरबहादुर देउवाले दिने पदमा आफूलाई स्वीकार्य भएको बताए ।

“पदका लागि म पार्टीमा आएको होइन । पदको लागि भए त म राप्रपामै बस्थे नि मलाई त डोको भरीको पद दिएको थियो,” उनले भने, “मेरो अनुभव र मैले गरेका कामहरुको अनुभावमा अब सभापतिज्यूले के जिम्मेवारी दिनुहुन्छ । उहाँले भनिहाल्नुभो, म उहाँको मन्त्रिपरिषद्मा बसेका हुनाले उहाँले मेरो क्षमताको आफैं इभ्यालुएसन गर्नुभएको छ ।”

Global Ime bank

थापाले लोकतान्त्रिक पार्टी कांग्रेसलाई थप मजबुत र बलियो बनाएर अधिनायकवादसँग लड्नका लागि कांग्रेसमा आएको बताए ।

“हाम्रो सहमति भनेको नेपाली कांग्रेसमा प्रवेश गरेर नेपाली कांग्रेसलाई थप उर्जा दिनका लागि र लोकतान्त्रिक धारलाई अबको अधिनायकवादबाट लड्नका लागि थप बलियो बनाउने हो,” उनले भने ।

यसअघि पार्टी प्रवेश समारोहलाई सम्बोधन गर्दै थापाले कांग्रेसमा प्रवेश गर्दा आफूलाई अपार हर्ष र खुशी लागेको बताएका थिए ।

मुलुकमा प्रजातान्त्रिक शक्ति कमजोर भएको, लोकतान्त्रिक संस्था कमजोर रहेका बेला आफ्नो पनि जिम्मेवारी थपिएको भन्दै नेता थापाले नेपाली लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिन कांग्रेसमा प्रवेश गरेको बताए ।    

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  १८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !