site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
त्रिशुलीमा जिप बग्यो, पहिरोले ठाउँ–ठाउँमा सडक अवरुद्ध
Siddhartha BankSiddhartha Bank

कञ्चनपुरको महाकाली नदीमा उर्लदो भेलमा जोखिम मोलेर दाउरा सङ्कलन गर्दै तटीय क्षेत्रका स्थानीयवासी । तस्वीरः शेरबहादुर सिंह/ रासस


काठमाडौं । पहिरोका कारण मुलुकका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यातायात ठप्प भएको छ । पाल्पा, तानसेन नगरपालिका १३ रानीमहलस्थित तानसेन–रानिमहल सडक खण्डमा सोमबार साँझ आएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्युठान, सरूमारानी गाउँपालिका ४ खहरे खोला, अँधेरी खोला र पाकुरी खोलास्थित भालुबाङ–प्यूठान सडक खण्डमा गएराति आएको बर्षाका कारण पहिरो आइ सडक पूर्ण रूपमा अबरोध भएको छ ।

गोरखा, गण्डकी गाउँपालिका २ पातिस्वारामा सोमबार दिउँसो कच्चि सडक भासिन गइ अन्दाजी ३ सय मिटर तलसम्म पहिरो खस्न जाँदा सोही ठाउँ बस्ने ७७ वर्षीय खड्क बहादुर परियारसमेत ५ जनाको घर गोठ र चौपाया समेत पुरिँदा करिब १७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

Global Ime bank

यसैगरी धादिङ, गजुरी गाउँपालिका ५ घाटबेशीस्थित पृथ्वी राजमार्गमा काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा २० च २०७७ नम्बरको जिप सडक अवरोध भइ रोकी राखेको अवस्थामा माथिबाट पहिरो आउँदा जिप त्रिशुली नदीले बगाएको छ । सोमबार आएको पहिरोले जिप बगाएको हो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय